जनकपुरधाम, साउन ६ । महावीर युवा कमिटी जनकपुरधामको ५५ औं साधारण सभा सम्पन्न भएको छ ।
सम्पन्न साधारण सभाको कमिटीको आगामी कार्यकालको नेतृत्व चयनका लागि निर्वाचन सम्बन्धी कार्यक्रम बारे विभिन्न निर्णयहरु गरिएको छ । कमिटीका अध्यक्ष बलराम साहको अध्यक्षता सम्पन्न साधारणबाट आगामी निर्वाचनका लागि निर्वाचन अधिकृतमा राकेश विक्रम साहलाई चयन गरिएको छ । यो संगै निर्वाचन कार्यतालिका समेत तय गरिएको छ ।

निर्वाचन अधिकृत साहले दिएको जानकारी अनुसार साउन ८ गते निर्वाचन नियमावली प्रकाशन, मतदाता नामावली प्रकाशन, मतदाता नामावली माथि दाबी विरोध तथा नाम सच्याउने र अन्तिम मतदाता नामावली प्रकाशनको कार्यक्रम तोकिएको छ ।
त्यस्तै साउन ९ मनोयन पत्र दर्ता, १० गते अन्तिम नामावली प्रकाशन र साउन १३ गते बिहान ८ बजेदेखि ४ बजेसम्म मतदान र मतदान पश्चात सोही मतगणना हुनेछ र यी सम्पूर्ण निर्वाचन सम्बन्धी प्रक्रिया कमिटीको महावीर चोक स्थित कार्यालय परिसरमा हुने निर्वाचन अधिकृत साहले जनाएको छ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !