जनकपुरधाम, असार ३१ गते । महाेतरीकाे मटिहानी नगरपालिकाले आफ्नाे पहिलाे बारूण यन्त्र खरीद गरेकाे छ ।
खरीद गरेका बारुण यन्त्र मटिहानी आईपुग्दा मटिहानी नगरपालिका मेयर हरि प्रसाद मण्डलले धार्मिक विधिपूर्वक पूजापाठ गरी उद्घाटन गरेका छने । उद्घाटन संगै साे वारूण यन्त्र संचालनमा आएकाे बताइएकाे छ ।
मटिहानी नगरपालिकाकाे मेयर पदमा दाेश्राे पटक निर्वाचित भएपछि हरि प्रसाद मण्डलले पालिकाका लागि पहिलो निर्णय वारुणयन्त्र किन्ने गरेका थिए ।
बारुण यन्त्रमा करिब ४ हजार ५ सय लिटर पानी अट्ने क्षमता रहेको कुरा पालिकाकाे इन्जीनियर विमलेश साहले बताएका छन् ।
गएकाे वैशाख महिनामा मटिहानी –६ स्थित जरहलवा टोलको घनावस्तिमा आगलागी हुँदा आठ घर जलेर नष्ट भएको थियाे । मटिहानी नगरपालिमा बारुणयन्त्र नभएका कारण पनि समयमै नियन्त्रण गर्न नसक्दा आगलागीले विकराल रुप लिएको थियाे ।
साे आगलागीमा स्थानीय गफार शेषको घरबाट लागेको आगो छिमेकी सतार शेष, सदरे शेष, अंसारुल मोमिन, इझारुल मोमिन, अतिम नदाफ, तालिम मोमिन र राजकिशोर मुखियाको घर खरानी भएको थियाे ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !