जनकपुरधाम, ३० असार । मधेश जनकपुरधामको रामानन्द चोकमा छात्राहरुको वासमा कठिनाई नहोस भन्ने उद्देश्यले गल्र्स होस्टेल संचालनमा ल्याइएको छ ।
बाहिरबाट जनकपुरधाम अध्ययनका लागि आउने छात्राहरुको वासको व्यवस्थालाई ध्यानमा राख्दै गल्र्स होस्टेल संचालनमा ल्याइएको हो । रामानन्द चोकस्थित संचालनमा ल्याइएको शुलभ गल्र्स होस्टेल छात्राहरुको सुविधाका लागि संचालनमा ल्याएको होस्टेलका संचालक रिंकु देवीले जानकारी दिइन् ।
जनकपुरधामको शिक्षा क्षेत्रमा प्रत्यक्ष नभएपनि अप्रत्यक्ष रुपमा सहयोग पुग्ने हिसाबले छात्रा होस्टेलको शुरुवात गरेको उनले बताइन् । ४० जना छात्राहरु वास गर्न सक्ने क्षमताको सो होस्टेलमा वासका लागि मासिक ८ हजार रुपैयाँ खर्चनु पर्नेछ ।
यसका साथै होस्टेलमा छात्रा तथा युवतीहरुको सुरक्षामा विशेष ध्यान पुर्याइने संचालक रंजुले बताइन् ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !