जनकपुरधाम, २५ असार । धनुषामा एक १२ वर्षिय बालिकाको बारीमा गएको बेला बलात्कार भएको घटना बाहिरिएको छ ।
गत बैशाख १७ गते जिल्लको सबैला नगरपालिका वडा नम्बर–१ मुसरिटोलस्थित आफ्नै बारीमा गएकी स्थानीय १२ वर्षीया एक बालिकालाई सोही ठाउँ बस्ने ३२ वर्षीय महेश साहले मुख बाँधेर बलात्कार गरेको कुरा उनको पेटमा ३ महिनाको बच्चा भएपछि घटना बाहिरिएको छ ।
बालिकाको पेटमा ३ महिनाको बच्चा हुँदा घटना बाहिरिएपछि आरोपित युवक फरार भएको छ । आफ्नै बारीबाट आउँदै गरेको बेला बालिकालाई महेशले जबर्जस्ती मुख छोपेर बलात्कार गरेको पीडित पक्षले प्रहरी समक्ष दिएको जाहेरीमा भनिएको छ । बालिकाका अनुसार महेशले घटना बारे कसैलाई बताए घरपरिवारसहित सबैलाई ज्यान मार्ने धम्की दिएपछि अहिलेसम्म कसैलाई भनेको थियो ।
पिडित पक्षले घटना बारे इलाका प्रहरी कार्यालय सबैलालाई जानकारी गराउंदै मद्दत नगरेको आरोप लगाएका छन् । फरार रहेका साहलाई पक्राउ गर्न सबैला प्रहरीलाई निरन्तर पीडितले सम्पर्क गरेपनि राजनीतिक दबावमा उनलाई पक्राउ नगरिएको पीडित परिवारको गुनासो छ । इलाका प्रहरी कार्यालय सबैलामा ती युवकमाथि जबर्जस्ती करणीको जाहेरी दिएपनि कुनै चासो नलिइएको गुनासो पिडीत पक्षको रहेको छ ।
घटना बारे इलाका प्रहरी कार्यालय सबैलाका प्रहरी निरिक्षक रामकृष्ण देवकोटाले प्रहरी घटनाको अनुसन्धान गरिरहेको बताउंदै पीडित बालिकाको प्रादेशिक अस्पताल जनकपुरधाममा स्वास्थ्य परिक्षण गरिएको जानकारी दिएका छन् । इन्स्पेक्टर देवकोटाले फरार युवकको खोजबिन जारी रहेको समेत बताएका छन् ।
यता, घटनाबारे जिल्ला प्रहरी कार्यालय धनुषाले पनि अनुसन्धान थालिएको र फरार युवकलाई पक्राउ गर्न प्रहरी खटाएर खोजी कार्य तिव्र पारिएको जनाएको छ । बालिकाको पेटमा रहेको बच्चालाई इलाका प्रहरी कार्यालय सबैलाको रोहबरमा गर्भपतन गराइएको पीडित परिवारको भनाइ छ ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !