Saturday, December 13, 2025
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

आर्थिक चलखेलमा विद्यालयबीच द्वन्द फैलाउंदै इकाई प्रमुख


आर्थिक चलखेलमा विद्यालयबीच द्वन्द फैलाउंदै इकाई प्रमुख

जनकपुरधाम । शिक्षा विकास तथा समन्वय इकाई धनुषाको बदमासीका कारण धनुषाका एक विद्यालय द्वन्द्वमा फसको छ । धनुषाको औरही गाउँपालिका–१ स्थित श्री रामजानकी माध्यमिक विद्यालय झिटकहिया शिक्षा विकास तथा समन्वय इकाई धनुषाको बदमासीका कारण शैक्षिक द्वन्द्वमा फसको हो ।

उक्त विद्यालयमा मावि तहको दरबन्दी संख्या एक मात्रै रहे पनि इकाईले दरबन्दी भन्दा बढी सोही तहका विवादित शिक्षक पठाएपछि स्थानीयहरु आक्रोशित भएका छन् । आर्थिक चलखेल तथा राजनीतिक दबाबमा परि इकाई प्रमुख युक्त प्रसाद शर्माले मावि दरबन्दीमा सोही तहका प्रधानाध्यापक मदन कुमार महरा कार्यरत हँुदाहुँदै दरबन्दी भन्दा बाहिर विवादित शिक्षक बद्री नारायण यादवलाई त्याहाँ पठाएपछि विवाद चुलिई विद्यालयको शैक्षिक वातावरण बिग्रिने अवस्थामा पुगेको हो ।

दरबन्दी नै नभएको ठाउँमा पालिकासँग समन्वय समेत नगरी एक्लौटी ढंगले इकाईले शिक्षक पठाएपछि पालिका पनि आक्रोशित भएको छ । दरबन्दी भन्दा बाहिरको शिक्षकलाई तलब समेत नखुवाउने पालिकाले स्पष्ट पारेको छ ।

उक्त विवादित शिक्षक यादवलाई त्यहाँ पठाउन खोजेको सूचना पाएपछि औरही गाउँपालिका कार्यालयले शिक्षा विकास तथा समन्वय इकाई धनुषालाई आफू कहाँ दरबन्दी नरहेकोले तत्कालका लागि थप शिक्षक नपठाउन पत्राचार गरेको थियो । गाउँपालिकाको कार्यालयले २०८० जेठ ११ गतेको चलानी नं. १०९४ को पत्र मार्फत तथा पटक–पटक इकाई प्रमुख शर्मालाई फोन गरि गाउँपालिका अध्यक्ष उमाशंकर प्रसाद साहले थप शिक्षक तत्काल नपठाउन भनेका थिए । तर इकाई प्रमुख शर्माले गाउँपालिकाको पत्रलाई समेत अटेर गरि जर्बजस्ती थप शिक्षक पठाएपछि विद्यालय विवादमा फसेको हो ।

यस विषयमा जिज्ञासा राख्दा इकाई प्रमुख शर्मा अकमक्किदै ठोस जवाफ दिन सकेनन् । सुरुमा जिल्ला शिक्षा समितिको निर्णय भन्दै पन्छिन खोजेपनि इकाई प्रमुख शर्माले पछि आफूले उक्त शिक्षकलाई नपठाएको र सो चिठ्ठी फर्जी रहेको दाबी गरेका थिए । तर इकाई प्रमुख शर्माकै हस्ताक्षर सहितको २०८० जेठ २२ गतेको चलानी नं. १६८८ पत्रको फोटोकपी लिएर विवादित शिक्षक यादव हाजिर हुन पुगेका थिए । उक्त पत्रमा अधिकार भन्दा बाहिर गई काँग्रेसबाट निर्वाचित वडा नं. १ का वडाअध्यक्ष आशेश्वर यादवले हाजिर गराउन तोक आदेश गरेका थिए ।

आर्थिक चलखेलमा परि इकाई प्रमुख शर्माले पालिकासँग समन्वय नै नगरी नियम विपरित सिधै विद्यालयमा शिक्षक पठाएपछि जिल्ला शिक्षा समितिका अध्यक्ष समेत जिल्ला समन्वय समितिका सभापति राजनन्दन मण्डल समेत आक्रोशित भएका छन् । यस विषयमा ध्यानाकर्षण भएपछि सभापति मण्डलले इकाई प्रमुख शर्मालाई बोलाई सोधपुछ गर्दा आफूले चिठ्ठी नदिएको र उक्त चिठ्ठी फर्जी रहेको जवाफ दिएको सभापति मण्डलले बताए । सभापति मण्डलले जिल्ला शिक्षा समितिमा यस विषयमा कुनै किसिमको निर्णय नै नभएको स्पष्ट पारेका छन् । सभापति मण्डलले उक्त चिठ्ठी कार्यान्वयन नगर्न समेत इकाईलाई निर्देशन दिएका छन् । आफू समक्ष गाउँपालिका अध्यक्षसहित स्थानीय अभिभावकहरुको डेलिगेसन आएपछि मात्रै आफूलाई यो विषयमा जानकारी भएकोले तुरुन्तै आफू सहित गाउँपालिका अध्यक्ष, इकाई प्रमुख र प्रमुख जिल्ला अधिकारी बाहिर भएकोले सहायक प्रमुख जिल्ला अधिकारीसँग संयुक्त बैठक बसी उक्त चिठ्ठी कार्यान्वयन नगर्न इकाईलाई निर्देशन दिएको सभापति मण्डलले बताए ।

एकीकृत अखिल नेपाल राष्ट्रिय शिक्षक संगठनका धनुषा अध्यक्ष ध्रमेन्द्र यादवले बिचौलिया तथा शैक्षिक माफियाहरुको दबाब तथा चंगुलमा फसी इकाई प्रमुख शर्माले शिक्षा क्षेत्र तहसनहस पार्न खोजेको आरोप लगाए । अध्यक्ष यादवले अहिलेको इकाई प्रमुखले इकाईकै केही कर्मचारी, बिचौलिया तथा शैक्षिक माफियाहरुसँग मिली आर्थिक लाभ लिने उद्देश्य राखेर शिक्षकहरुलाई अनावश्यक दुःख दिई राम्ररी चलिरहेको विद्यालयहरुलाई बर्बाद पार्न खोजेको आरोप लगाए । उनले भने,–‘मदन सर २०७४ मा त्यस विद्यालयमा गएपछि उक्त विद्यालयको शैक्षिक गतिविधि सहितको प्रगति हेर्नुस र त्यस भन्दा अगाडीको प्रगति हेर्नुस अनि आफैँ राम्रो गरेको हो कि होईन बुझ्न सकिन्छ ।’ अनि यस्तो अवस्थामा दरबन्दी भन्दा फाजिल गएर विवादित शिक्षकलाई त्याहाँ पठाउनुको उद्देश्य के भनि उनले प्रतिप्रश्न गरे ।

कर्मचारी नै नभएका व्यक्ति दर्ता चलानी फाँटमा

शिक्षा विकास तथा समन्वय इकाई धनुषाको दर्ता चलानी फाँटको जिम्मेवारी कर्मचारी नै नभएको व्यक्तिलाई दिइएको पाइएको छ । उक्त फाँटको जिम्मेवारी मुजेलियाका धनेश्वर दासलाई दिइएको हो ।

दास कर्मचारी नै नरहेको व्यक्ति हुन् । न त उनलाई नियुक्ति गरिएको छ न त उनी तलब भत्ता नै खान्छन् । तर उनी कार्यालयको मुटु मनिने दर्ता चलानी फाँटमा बस्छन् । दास कार्यालयको कुनै पनि पदमा नियुक्त नभई कार्यालयको गोप्य तथा संवेदनशिल मानिने फाँटमा बस्छन् ।

उनी आफैँ पनि मलाई कुनै पनि पदमा नियुक्ति नगरिएको स्वीकार्छन् । न त तलब भत्ता नै खान पाएको भन्छन् । उनले आफूलाई रिना म्याड्मले काममा लगाएको बताए ।

इकाईकी प्राविधिक सहायक रिना साहले उनलाई व्यक्तिगत हिसाबले बोलाई उक्त फाँटको जिम्मेवारी दिएकी छिन् । जिल्लाभरि नै शिक्षा क्षेत्रमा बदमास कर्मचारीको रुपमा परिचय बनाएकी साहकै लगावका कारण कार्यालयमा बिचौलियाहरुको हालीमुहाली बढेको शिक्षा क्षेत्रसँग सरोकार राख्नेहरु बताउँछन् । यस विषयमा बुझ्न खोज्दा इकाई प्रमुख शर्मा फोन सम्पर्कमा आउन चाहेनन् ।

Related

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

मिथिला डिपार्टमेन्टको चौथो शाखा कदम चाेकमा
Blast News

मिथिला डिपार्टमेन्टको चौथो शाखा कदम चाेकमा

२०८० असार २१, बिहीबार ०९:५८
प्रविधि मार्फत हुने लैंगिक हिंसा मधेशमा बढी
Blast News

प्रविधि मार्फत हुने लैंगिक हिंसा मधेशमा बढी

२०८० असार २१, बिहीबार ०९:५८
२० कराेडबढी खर्चे पनि बनेनन् कमला पुल, अब नयां टेण्डर
Blast News

२० कराेडबढी खर्चे पनि बनेनन् कमला पुल, अब नयां टेण्डर

२०८० असार २१, बिहीबार ०९:५८
गाेदावरी हस्पिटलद्वारा रक्तदान कार्यक्रम
Blast News

गाेदावरी हस्पिटलद्वारा रक्तदान कार्यक्रम

२०८० असार २१, बिहीबार ०९:५८
७ दललाई एमालेकाे काउण्टर : मुख्यमन्त्रीलाई काम गर्न देउ भनी धर्ना
Blast News

७ दललाई एमालेकाे काउण्टर : मुख्यमन्त्रीलाई काम गर्न देउ भनी धर्ना

२०८० असार २१, बिहीबार ०९:५८
गोली हानी प्रहरीले वडाध्यक्षको गरे हत्या
Blast News

गोली हानी प्रहरीले वडाध्यक्षको गरे हत्या

२०८० असार २१, बिहीबार ०९:५८

ताजा खबर

मिथिला डिपार्टमेन्टको चौथो शाखा कदम चाेकमा

मिथिला डिपार्टमेन्टको चौथो शाखा कदम चाेकमा

प्रविधि मार्फत हुने लैंगिक हिंसा मधेशमा बढी

प्रविधि मार्फत हुने लैंगिक हिंसा मधेशमा बढी

२० कराेडबढी खर्चे पनि बनेनन् कमला पुल, अब नयां टेण्डर

२० कराेडबढी खर्चे पनि बनेनन् कमला पुल, अब नयां टेण्डर

गाेदावरी हस्पिटलद्वारा रक्तदान कार्यक्रम

गाेदावरी हस्पिटलद्वारा रक्तदान कार्यक्रम

७ दललाई एमालेकाे काउण्टर : मुख्यमन्त्रीलाई काम गर्न देउ भनी धर्ना

७ दललाई एमालेकाे काउण्टर : मुख्यमन्त्रीलाई काम गर्न देउ भनी धर्ना

गोली हानी प्रहरीले वडाध्यक्षको गरे हत्या

गोली हानी प्रहरीले वडाध्यक्षको गरे हत्या

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव