जनकपुरधाम, ७ जेठ ।
कानून आभावले कारवाहीकाे दायरामा आउन नसक्दा जनकपुरधामस्थित प्रादेशिक अस्पतालका कर्मचारीहरूकाे लापरवाही बढदै गएकाे छ ।
गत फागुन २८ गते गलत ल्याब चेकजांट रिपाेर्टकाे विवादमा दाेषीलाई कारवाही नहुंदा दुईपछि पुन: अस्पतालका कर्मचारीले गलत रिपाेर्ट दिएका छन । गलत रिपोर्ट दिएको भन्दै युवाहरुले विरोध प्रदर्शन गरेका छन् ।
साेअघि माघ महिनामा समेत ल्याब चेकजांचकाे गलत रिपाेर्ट दिएका थिए । गलत रिपाेर्टकाे दिएकाे समाचार पटक पटक सार्वजनिक भएपछि मुख्यमन्त्री सराेजकुमार यादवले अस्पताल निरिक्षण गर्दै जिम्मेवारी मुक्त गरेपनि अन्यलाई कारवाही गरेन् । कानून आभावले उनलाई पुनः जिम्मेवारीमा प्रतिस्थापन गर्दा कर्मचारीहरूकाे लापरवाहीप्रति मनाेबल बढदै गएकाे छ । उपचारकालागि पुगेकी एक गर्भवती महिलाको रगत जाँचपछि अस्पतालले गलत रिपोट बुझाएपछि अस्पताल प्रशासन बिरुद्ध टायर बालेर प्रदर्शन गरेका हुन् । प्रदर्शनमा उतरिएका ५ जना युवालाई प्रहरीले नियन्त्रणमा समेत लिएको छ ।

प्रहरीले वीरेन्द्र यादव, अजिज अन्सारी, संजय साह, अनुष राइन र समिर सिद्धीकीलाई सडकमै टायर बालेर प्रदर्शन गरेको भन्दै नियन्त्रणमा लिएको हो । धनुषाको शहीदनगर नगरपालिका वडा नम्बर २का अजय यादव श्रीमती शर्मिला देवीलाई जाँचकालागि प्रादेशिक अस्पताल लगेका थिए ।
गर्भवती रहेकी शर्मिलाको रगतको जाँचपछि अस्पताल प्रशासनले दिएको रिपोट गल रहेको उनको श्रीमान अजयले आरोप लगाएका छन् । उनका अनुसार रगतमा हुने प्लेटलेट्सको जाँच चिकित्सकले गरेका थिए । तर रगत जाँचपछि दुई फरक फरक रिपोर्ट आएपछि युवाहरु अस्पताल प्रशासनबिरुद्ध प्रदर्शनमा उत्रिएका थिए ।
स्वस्थ व्यक्तिको रगतमा प्लेटलेट्स डेढ लाखदेखि चार लाखसम्म हुन्छ । शनिबार शर्मिलाको रगतको जाँच गर्दा प्लेटलेट्स २२ हजार मात्रै रहेको रिपोर्टमा उल्लेख थियो । यो रिपोर्टमाथि शंका लागेर परिवारले आइतबार फेरि जाँच गराउँदा १० हजार मात्रै प्लेटलेट्स रिपोर्टले देखाए्रको अजयको आरोप छ । १० हजार मात्रै प्लेटलेटस देखिएपछि चिकित्सकले शर्मिलालाई उपचारकालागि बाहिर तत्काल लैजान भनेका थिए ।
चिकित्सकले बाहिर लैजान भने पनि शर्मिलाको अवस्था सामान्य देखेपछि परिवारजनले अर्कै अस्पतालमा जाँच गराउँदा सामान्य रिपोर्ट आएको अजयले बताए ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !