जनकपुरधाम, जेठ ६ गते । जनकपुरधाम उपमहानगरपालिका–१४ रजौलमा रहेको जनता माध्यमिक विद्यालयमा रहेको एकतल्ले भवन प्रधानाध्यापकले अनाधिकृत रुपमा भत्काएको छ ।
वि.सं.२०६२ सालामा दाताहरुको सहयोगमा निर्माण भएको सो भवनमा कुनै समस्या नभएपनि नयाँ निर्माणको नाममा रकम चलखेल गर्ने मनसायले विद्यालयका प्रधानाध्यापक अनाधिकृत रुपमा भएको दाता परिवार सदस्यहरुले आरोप लगएका छन् ।
राष्ट्रपति शिक्षा सुधार कार्यक्रम अन्तरगत विद्यालयमा ४० लाखको बजेटबाट नयाँ भवन निर्माण गर्ने भनी सो विद्यालय भवन भत्काइएको प्रधानाध्यापक मिथिलेश झाले बताएपनि दाता परिवारका सदस्य डा. अजय शाहले भत्काउने खालका दुई तीन वटा जिर्ण भवनहरु हुँदाहुदै आर्थिक चलखेलका लागि राम्रो भवन प्रधानाध्यापक र निर्माण समितिका पदाधिकारीहरुले भत्काएको आरोप लगाएका छन् ।

विद्यालयले सो भवनलाई दुई तल्ले बनाइदिन आफूहरुलाई आग्रह गरिएको तर केही कारणवश अहिले सो बनाउन नसकिने भएपछि उनीहरुले दाता परिवारको नामोनिशान मिटाउने गरी भवन नै भत्काएको डा. शाहको गुनासो छ । उनले भने, ‘यदि त्यो भवन जीर्ण भएर कामनलाग्ने भएको थियो भने त्यसको प्राविधिक चेकजाँच गराउनु पथ्र्यो तर त्यो गरिएन धमाधम रातारात भवन भत्काएर नयाँ भवन निर्माणको लागि काम थाल्यो यसले उनीहरुले गर्न लागेको चलखेल प्रष्ट भएको छ ।’
विक्रम साहसहितका दाताहरुको सहयोगमा २०६२ सालमा करिब पाँच लाख रकम खर्चेर विद्यालयको भवन निर्माण गरिएको थियो ।सो भवनको शिलालेखमा दाताहरुको नाम उल्लेख गरिएको थियो तर सो नामलाई समेत हटाएर दाता परिवारलाई दुखित बनाउने कार्य गरिएकोमा उनको आपति छ । उनले दोषीहरुलाई कारबाहीको अदालतसम्म जाने चेतावनी दिएका छन् ।
यता जनकपुरधाम उपमहानगरपालिका–१४ का वडाअध्यक्ष पुण्यप्रताप यादवले विद्यालयमा नयाँ भवन निर्माण हुन लागेको र सो सम्बन्धमा बैठक गरी निर्णय भएको बताइएपनि भवन भत्काउनेबारे कुनै निणर्य भएको बारे आफूलाई केही जानकारी नरहेको बताएका छन् ।
विद्यालयका प्रधानाध्यापक मिथिलेश मण्डलले स्थानीयवासीकै रोहबरमा भवन भत्काइएको दाबी गरेपनि कुनैपनि निकायबाट प्राविधिक चेकजाँच गराई बिना कुनै अधिकारिक पत्रको आधारमा भत्काइएको स्वीकार गरेका छन् । उनले भने भत्काउने सम्बन्धमा मौखिक रुपमा जनकपुरधाम उपमहानगरपालिकाको शिक्षा शाखामा जानकारी गराएको छु, तर यसबारे लिखित रुपमा कुनै पनि निकायबाट पत्र लिएका छैनौं ।
जनकपुरधाम उपमहानगरपालिकाको शिक्षा शाखा प्रमुख अंजु पाण्डेले भने पुरानो भवन भत्काउने सन्दर्भमा हामीलाई कुनै औपचारिक जानकारी छैन । विद्यालयबाट भवन भत्काउनेबारे मौखिक रुपमा जानकारी दिएपछि यहाँका कर्मचारीहरुले प्राविधिक चेकजाँचपछि सर्वदलीय÷सर्वपक्षीय निणर्यबाट मात्रै भत्काउने कार्य अघि बढाउने सुझाव दिएको कर्मचारीको भनाईलाई उदृत गर्दै उनले बताईन ।
भवन भत्काउनका लागि कम्तिमा विद्यालय व्यवस्थापन समितिको निर्णय, भवनमा देखिएको समस्याबारे प्राविधिक जाँचको प्रतिवेदन, स्थानीयवासीहरु सम्मिलित बैठकबाट सर्वपक्षिय निर्णय, सम्बन्धित पालिकाबाट लिखित रुपमै स्विकृति लिनुपर्ने प्रावधान रहेको धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिए ।
यतिको प्रक्रिया मिच्नुका साथै जनकपुरधाम उपमहानगरपालिकाले पटक–पटक बिना प्रक्रिया भवन भत्काउन नहुने सुझाव दिँदादिदै त्यसलाई अटेर गरी प्रधानाध्यापक मण्डल र निर्माण समितिका पदाधिकारीहरुले मनोमानी गरी भवन भत्काएको देखिन्छ । डेली एक्सप्रेसबाट
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !