जनकपुरधाम, २१ वैशाख । धनुषा प्रहरीले चालू आर्थिक वर्षमा विभिन्न मुद्दाका फरार ६ सय ४८ जना फरार प्रतिवादीलाई पक्राउ गरेकाे छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरी टोलीले पुसदेखि वैशाख २० गतेसम्म मात्रै ५ सय ६६ जनलाई पक्राउ गरिएकाे कुरा प्रहरी प्रमुख एसपी विश्वराज खड्काले बताएका छन ।
फरार प्रतिवादीहरूबाट जरिवाना बापत ३७ लाख ४९ हजार ७९० रूपैया र कैद सजायतर्फ १९८ वर्ष १० महिना २९ दिन असुल गरिएकाे एसपी खड्काले जानकारी दिएका छन् । उनका अनुसार हाल चालू मुद्दा ३३ र पेण्डिङ्ग मुद्दा ६०९ वटा रहेकाे छ । पक्राउ पर्ने बैकिङ्ग कसूर मुद्दा, हातहतियार खरखजाना कर्तव्य ज्यान, अंगभंग र जबरदस्तीकरणि मुद्दामा कैद तथा जरिवाना फैसला भई फरार प्रतिवादीहरु हुन् ।

अदालतबाट फैसला कार्यान्वयनको लागि प्राप्त फरार प्रतिवादीहरूलाई पक्राउ गरी कानूनी कारवाहीको दायरामा ल्याउने उदेश्यले संचालित फरार प्रतिवादी पक्राउ अभियान अन्तर्गत तिनीहरूलाई पक्राउ गरिएकाे उनले बताए ।
लामो समयदेखि अदालतबाट कैद तथा जरिवानाको फैसला भई कानूनी कारवाहीको दायराबाट भाग्दै लुकीछिपी बस्दै आएका फरार प्रतिवादीहरूलाई जिल्लाका विभिन्न ठाउँबाट पक्राउ गरिएकाे एसपी खड्काले बताए ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !