जनकपुरधाम, १९ बैशाख । महाेतरीकाे जलेश्वर स्थित कारागारबाट फरार भएका थुनुवा २५ दिनपछि पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा महोत्तरीको लोहारपट्टी नगरपालिका–९ बस्ने २१ वर्षीय कृष्णा यादव रहेका छन् । कर्तव्य ज्यान मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका यादव बिरामी हुँदा गत चैत २४ गते जनकपुरधामस्थित डा. मनोज गुप्ताको क्लिनिकमा उपचारका लागि ल्याइएकाे बेला क्लिनिकको शौचालयमा रहेकाे भेन्टिलेशन फोडेर फरार भएका थिए ।
उनलाई खोजतलास गर्ने क्रममा सोमबार राति १० बजे जलेश्वर नगरपालिका–३ स्थित मलिबाराबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए ।

पक्राउ परेका यादवमाथि थुनुवा बन्दी भागे/भगाएको कसुरमा कारागार ऐन २०७९ बमोजिम म्याद थप गरि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । यादवमाथि अपहरण तथा शरीर बन्धक, कर्तव्य ज्यान, चोरी र अपराधिक षड्यन्त्रसमेतको मुद्दामा महोत्तरी जिल्ला अदालतमा विचाराधीन छ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !