जनकपुरधाम, १८ चैत । युवा स्वरोजगार र महिला उद्यमशिलताका लागि आयोजना गरिने सिप तालिमहरु सम्बन्धित स्थानीयबाट तहबाटै संचालन हुनुपर्ने कुरामा वक्ताहरुले जोड दिएका छन् ।
शनिवार जानकी महिला जागरण समाजद्वारा आयोजित युवा रोजगार तथा उद्यमशीलता विकास कार्यक्रमको जिल्लास्तरीय परिचयात्मक बैठकमा बोल्ने वक्ताहरुले सरकारले युवा तथा महिलाहरुलाई उद्यमशिल बनाउन विभिन्न सीपमूलक कार्यक्रमहरु आयोजना गर्ने गर्छन तर आवश्यक ठाउँमा संचालन हुन नसक्दा त्यो लगानी खेर गइरहेको कुरामा जाेड दिए ।

प्रदेश सरकारका महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रालयका समाजिक विकास हेर्ने देवकुमारी खत्रीले महिला तथा युवाहरुलाई उद्यमशिल बनाउन मन्त्रालयबाट विभिन्न संघ संस्थाहरुले कार्यक्रम लग्ने गर्छ तर त्यो कार्यक्रम आवश्यकता नभएका तथा सुदुर ठाउँमा आयोजना गर्ने गरेको कारण प्रभावकारी नभएको बताईन ।
कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समितिका अध्यक्ष राजनन्दन मण्डलले युवाहरुलाई स्वरोजगार बनाउन र महिलालाई उद्यमशील बनाउन सरकारले लगानी नगरेको होइन, लगानी गरेका छन् । तर त्यसको सही सदुपयोग हुन नसकेको कारण लगानी खेर गइरहेको छ । हुनत केही गैरसरकारी संस्थाहरुले प्रभावकारी बनाउन तर्फ लागेका छन् । तर त्यो पनि जुन रुपमा प्रभावकारी हुनुपर्ने हो हुन सकेको छैन ।
मन्दाकिनी कर्ण अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा साझेदार संस्था प्लान इन्टरनेशन नेपाल, सिटीईभीटी प्रदेश कार्यालय जनकपुरधाम, निर्माण व्यवसायी सहित विभिन्न सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधिहरुले आ आफ्ना धारणा राखेका थिए ।
साझेदार संस्था प्लान इन्टरनेशन नेपालको सहयोगमा ज्वासले १८ वर्षदेखि २४ वर्ष उमेर समूहका दलित, सीमान्तकृत समुदायका युवा तथा महिलालाई लक्षित गरी धनुषाको शहीदनगर नगरपालिका, सबैला नगरपालिका, विदेह नगरपालिका, कमला नगरपालिका र जनकनन्दनी गाउँपालिकामा जित युवा रोजगार तथा उद्यमशीलता विकास कार्यक्रम संचालन गरेका छन् । मार्च २०२३ देखि अगस्ट २०२५ समयावधि रहेको सो कार्यक्रममा महिला र पुरुष गरी २३५० जनालाई लक्षित गरी कार्यक्रम संचालन गरेका छन् । ती कार्यक्रम मार्फत लक्षित समूह मध्येका १७५ महिला र १७५ पुरुष गरी ३५० जनालाई रोजगारी, पेशा व्यवसाय र स्वरोजगार बनाउने लक्ष्य राखिएको छ ।
सम्मानित महिला ः समृद्ध समाज मुलनाराको लक्ष्य सहित गत ३० वर्षदेखि महिलालाई उद्यमशील सहितको आत्मनिर्भर बनाउने क्षेत्रमा जानकी महिला जागरण समाजले काम गर्दै आएको छ । मुलुक संघीय संरचनामा आएअघि देशका ३० जिल्लामा कार्यक्षेत्र बनाएर काम गर्दै आएका थिए । प्रादेशिक संरचना आएपछि हाल मधेशका ८ जिल्लामा केन्द्रित भई शिक्षा, स्वास्थ्य, किशोरी समूहलाई आत्मनिर्भर, युवा तथा महिलाको उद्यमशिलतामा काम गर्दै आइरहेका छन् ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !