जनकपुरधाम, चैत १३ गते । धनुषाको शहीदनगर नगरपालिकामा वडास्तरीय विपद् व्यवस्थापन समिति गठन गरिएको छ ।
हैबिट फर ह्युमनिटी नेपाल र सामुदायीक सुधार केन्द्र (सिआईसी) जनकपुरधामको सहयोगमा शहिदनगर नगरपालिका वडा नम्बर १ मा विपद व्यवस्थापन समिति गठन गरिएको हो ।
वडाध्यक्ष तेजीलाल यादवको अध्यक्षतामा भएकोे सो गठित समितिमा वडा सदस्यहरु प्रहरी कार्यालयका प्रतिनिधि, विभिन्न राजनैतिक दलका प्रतीनिधीहरु, स्वास्थयकर्मि, विद्यालयका प्रधानाध्यापकहरु, दलित तथा अपाङ्ग गरी २३ सदस्यीय रहेको छ ।
गठित समितिले समयमै विपदको जोखिमलाइ न्यूनिकरण गर्न तथा स्थानिय स्तरमा चेतना जगाउनुको साथै उच्च जोखिम बाट पर्ने प्रभावलाइ न्यूनीकरणको लागि पहल गर्नुका साथै वडा भित्र विपद प्रतिकार्य तथा विपद पुर्नलाभ सम्वन्धि कार्यक्रम संचालन गर्न सक्नेछन् । सामुदायिक सुधार केन्द्रका कार्यक्रम संयोजक विरेन्द्र लाल कर्णले वडा स्तरीय विपद व्यवस्थापन समितिको काम, कर्तव्य र अधिकार बारे जानकारी दिएका छन् ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !