जनकपुरधाम, फागुन १५ गते । प्रहरीले मालपोत कार्यालय जनकपुरधामबाट एक बिचौलियालाई पक्राउ गरेको छ ।
सेवाग्राहीसँग बार्गेनिङ गरिरहेकाे क्रममा बिचाैलिया जनकपुरधाम उमहानगरपालिका–१६ कपिलेश्वर बस्ने ४६ वर्षीय प्रदिप प्रसाद पासवानलाई जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
मालपोत कार्यालयमा आउने सेवाग्राहीलाई काम छिटो छरितो गराइदिन्छु भनि आर्थिक लाभ लिएर बिचौलियाको काम गरिरहेको गोप्य सूचनाको आधारमा सेवाग्राहीहरूसँग बार्गेनिङ गरिरहेको अवस्थामा पासवानलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिएका छन् ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !