जनकपुरधाम, १४ फागुन । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले वामपन्थी शक्तिहरुसँग मिलेर जानका लागि तयार रहेको बताएका छन् ।
आइतबार जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै अध्यक्ष नेपालले वामपन्थी एकताका लागि आफुहरुले आव्हान गरिरहेको भन्दै एजेण्डा मिल्नेहरुसँग सहकार्य गर्न तयार रहेको बताए ।
उनले आफुहरु एजेण्डा मिल्नेहरुसँग मोर्चा बनाएर अघि बढ्न तयार रहेको भन्दै सबैकुरा मिल्नेहरुसँग एकताबद्ध हुन पनि सक्नेछ तर कुनै पार्टीमा विलय भने नहुने स्पष्ट पारे । अध्यक्ष नेपालले देशको वर्तमान समस्या समाधान गर्न सबै राजनीतिक दल एकजुट हुनुपर्ने आवश्यकता रहेको कुरामा जोड दिएका छ्न ।
नेपालले एमाले लगायतका सबै राजनीतिक दलहरू मिलेर जानुपर्ने बताए । उनले संकटको बेलामा सबै दलले हातेमालो गर्दा राम्रो हुने बताउँदै विचार, सिद्धान्त, नीति, कार्यक्रम सबै मिल्ने पार्टीसँग एकताबद्ध भएर जान सकिने धारणा समेत राखे ।
उनले भने ‘नेपालमा जस्तो किसिमका चुनौती देखिएका छन्, ती चुनौती सामना गर्न सबै राजनीतिक दल एकजुट भएर जानुपर्छ,’ उनले भने, ‘सबै मिल्नुपर्छ, त्यसमा एमाले पनि पर्यो । मिलेर जानुपर्छ ।’ आफूले आलोपालोमा प्रधानमन्त्री पाउने भनेर बाहिर आएका कुराहरू अनुमानका आधारमा बाहिरिएको भने ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !