जनकपुरधाम, १४ फागुन । एक युवकलाई धनुषा प्रहरीले हतियार सहित पक्राउ गरेको छ ।
जनकपुर उपमहानगरपालिका–१७ तेतरिया बजारबाट शनिवार राति हंसपुर नगरपालिका–४ बस्ने २२ वर्षीय भरोस पासवानलाई कटुवा पेस्तोल १ थान र सोही पेस्तोलमा लाग्ने १ राउण्ड गोलीसहित प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी चौकी कपिलेश्वरबाट खटिएको प्रहरीहरुले उनलाई सो हतियारसहित फेला पारी पक्राउ गरेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको धनुषा प्रहरीले जनाएको छ । पासवान माथि शंका लागि प्रहरी खानतलासी गर्दा निजले लगाएको कालो रंगको ज्याकेटको खल्ती भित्रबाट कटुवा पेस्तोल लुकाएर राखेको पाइएको थियो ।
निजलाई नियन्त्रणमा लिई धनुषा प्रहरीले हातहतियार तथा खरखजाना मुद्दा शिर्षकमा म्याद लिई थप अनुसन्धान कार्य बढाएको छ ।
यसैगरी शनिवार नै धनुषाको प्रहरी चौकी चिसापानीबाट गस्तिमा खटिगएको प्रहरी टोलीले जिल्ला धनुषा गणेशमान चारनाथ ५ सेलार स्थित जंगलबाट १२ वोरको भरुवा बन्दुक थान–१ वेवारिसे अवस्थामा बरामद गरि थप अनुसन्धान अघि बढाएको छ ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !