जनकपुरधाम, पुस २ गते । बर्दिबासका व्यवसायीहरूकाे सुविधाका एकीकृत सेवा प्रणाली लागू गराउने महाेतरीकाे बर्दिबास उद्याेग वाणिज्य संघकाे अध्यक्ष पदका उम्मेद्वार विष्णु बहादसर खड्काले प्रतिबद्धता जनाएका छन ।
आउंदाे पुस ५ गते हुने संघकाे निर्वाचन तयारी स्वरूप बर्दिवासकाे मुख्य बजारमा गरिएकाे घर दैलाे कार्यक्रमकाे क्रममा उम्मेद्वार खड्काले व्यवसाय प्रतिष्ठान संचालनका इजाजत पत्र र कर बुझाउन वडा, नगरपालिका, घरेलु कार्यालय जलेश्वर र आन्तरिक राजश्व कार्यालय जनकपुर सहित विभिन्न स्थानमा धाउनुपर्ने अवस्था छ ।
यी व्यवस्थाकाे पक्रिया पूरा गर्न व्यवसायीहरूलाई निकै समस्या भाेग्नु परिरहेकाले ती समस्याकाे समाधानका लागि बर्दिबासमा सबै सेवा एकै ठाउंबाट दिने गरि एकीकृत सेवा सहित कार्यालय संचालनमा ल्याउने पहल गर्ने भने ।
उनले भने यहाँ उद्याेग व्यवसाय सुरक्षाका लागि नगरका बजार क्षेत्रमा सिसिटीभी जडान गर्ने, यहांकाे उद्याेग व्यवसाय विवरण सहितकाे माेबाइल एप्स संचालनमा ल्याउने र तीन वर्षभित्र बर्दबास बजारलाई आधुनिक नमुना बजारकाे विकास गर्नेछु ।

बर्दिबास स्थित हाेटल विनायकका सञ्चालक समेत रहेका उम्मेद्वार खड्काले अहिले उद्याेग व्यवसाय ठप्प रहेकाे अवस्थमा बैंक ऋण बन्द गरी ब्याज दर बढाएकाेमा स्थानीय व्यवसायी निकै पिडामा रहृेकाले ब्याज दरमा कमी र ऋण खुल्ला गर्न पहल गर्ने प्रतिबद्धता गरे ।
यसका साथै व्यवसायीहरूकाे हकहितका लागि ५ लाख ५१ हजार रूपैपा प्रतिवर्ष विकार काेषमा जम्मा गर्ने र साेबाट आएका रकम समस्यामा परेका स साना व्यवसायीलाई रााहत स्वरूप सहयाेग गर्ने, सरकारकाे अव्यवहारिक वितिय बैक नीति परिवर्तनका दबाव दिने प्रतिबद्धता जनाए ।
व्यविायीहरू हकहित र परिवर्तनका लागि किताब छापलाई जिताउ मूल नाराका साथ स्वतन्त्र प्यानल सहित खड्काकाे नेतृत्वमा १३ सदस्यीय प्यानल चुनावी मैदानमा छन् । निर्वाचनपछि मनाेनितबाट महिला पदाधिकारी ३३ थपेर समावेशी कार्यसमिति बनाउने उनले बताए ।

घर दैलाेकाे क्रममा मतदाता व्यवसायीहरूले खड्का सहित उनका प्यानल उम्मेदवारलाई फुलमाला टीका लगाई खादा ओढाएर सम्मान गर्दै जितकाे आग्रिम शुभकामना दिएका थिए ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !