जनकपुरधाम, मंसिर १० गते । सन् २००८ मा भारतको मुम्मबईमा भएका आतंकी हमलामा शहादलत दिएकाहरुको स्मरणमा जनकपुरधाममा श्रद्धाञ्जली सभा गरिएको छ ।
२६÷११ घटनाको नामले परिचित सो आतंकी हमलामा मारिएकाहरुको स्मरणमा जनकपुरधाममा केही वर्षदेखि मनाइदै आएको श्रद्धाञ्जली सभा यस वर्ष पनि मनाइएको छ ।
शनिवार “आतंकवाद विरुद्ध,शान्ति अभियान“नारा सहित मानवता संरक्षण मंचले शान्तिपुर्ण केण्डल मार्च निकाल्दै आजैका दिन मुंवईको विभिन्न ठाउमा भएको आतंकवादी हमलामा परि ज्यान गुमाएकाहरुको स्मझना गरेका छन ।
जनकपुरधामको रेल्वेस्टेशन देखि विभिन्न किसीमको प्लेकार्ड सहित निस्केको केण्डल मार्च जनकचौकमा गई कोणसभामा परिणत भई सम्पन्न भएको थियो । कोणसभामा बोल्दै मंचका संयोजक सुनिल कुमार यादवले आतंकवाद र आतंकवादी मानवताको दुश्मन भएकोले यसको विरुद्ध खुलेर बोल्नुपर्ने बताए ।
उनले पाकिस्तानी आतंकवादीहरुको गढ रहेको भन्दै नेपालमा पनि आतंकवादको गतिविधीहरु बढन थालेकाले नेपाल सरकारलाई समयमै सजग हुनुपर्ने बताए ।
आतंकवादवाद विरुद्ध आन्तराष्ट्रिय निकायमा कडारुपमा आवाज उठाउनुपर्ने समय आएको बताउंदै उनले आतंकवादको कुनै जाती र धर्म नभएकोले आतंकवाद विरुद्ध सबैको साथ र सहयोगको आवश्यकता रहेको भने ।
मंचले मृतकहरुको चिरशान्तीका लागि मोमवती प्रज्वलन गरि श्रद्धाञ्जली व्यक्त गरिएको थियो भने कार्यक्रममा मंचमा आबद्ध विभिन्न संचारकर्मीहरुको उपस्थिती रहेको थियो ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !