जनकपुरधाम, कार्तिक २३ गते । धनुषा क्षेत्र नं. १ प्रतिनिधि सभाका लागि जनमत पार्टीका उम्मेद्वार किशोरी साह कमलले एमालेले आफुसंग गरेकाे अन्यायकाे न्याय जनताले गर्ने बताएका छन ।
बुधवार हंसपुरमा वुद्धिजीविहरुसंगको र घरदैलो कार्यक्रममा उनले यस्ताे बताएका हुन । पांच दलीय सत्तारुढ गठबन्धनबाट सांसद समेत रहेका पुर्वमन्त्री मातृका प्रसाद यादव र नेकपा एमाले– जसपा नेपाल गठबन्धनबाट दिपक कार्की उम्मेदवार छन ।
सो क्षेत्रमा एमाले त्यागेर जनमतबाट उम्मेदवारी दिएका कमलले जनताको घर घरमा पुगेर आफ्नो पक्षमा मत मागिरहेका छन् । बुधबमर उनी हँसपुरको विभिन्न गाउँमा घरदैलो गरेका थिए ।
दुई गठबन्धनका बिचमा एक्लै जनमतका उम्मेदवार किशोरी साह कमल चर्चामा रहेका छन् । उनी एमालेमा लामो समय रहेर राजनीति गरे ।
यद्यपि टिकेट नदिएपछि अन्ततः जनमत पार्टीबाट टिकेट लिएर उम्मेदवार दिएका हुन् । उनी भन्छन् ‘एमाले भित्र रहेर लामो समय राजनीति गरे पनि अन्यायमा परे तर जनताले अन्याय गर्दैनन् ।’ यहाँका हरेक जनतालाई मेरो लगानीबारे थाहा छ, जनताले मलाई यो निर्वाचन मार्फत न्याय दिनेछन् कमलले भने ।
कांग्रेसको बाहुल्यता हुदा हुदै पनि कांग्रेस सिद्वान्त र गतिहिन भएको, एमालेले जेनुन नेतासंग अन्याय गरेको र मधेशवादी दलले सत्ता र स्वार्थको मात्र खेती गरेको कुरा जनताले बुझेको परिपेक्षमा कमल क्षेत्रवासीका लागि उत्तम विकल्प रहेको कतिपयको भनाई छ ।
बाहुल्यता हुदा हुदै पनि कांग्रेस, एमाले र माओवादीले क्षेत्रका लागि केहि गर्नु भन्दा पनि जनतालाई आफनो कब्जामा राखेर अस्वभाविक काम गर्न बाध्य बनाएको परिस्थितीमा आफनो सहज जित हुने प्रदेश सभा सदस्य समेत रहेका कमलको दावी छ ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !