जनकपुरधाम, कातिक २० गते । तराई मधेश लोकतान्त्रिक पार्टीका नेता तथा धनुषा निर्वाचन क्षेत्र नम्बर ३ को (ख)बाट प्रदेश सभा सदस्यका उम्मेदवार असगर अलीले घरदैलौ कार्यक्रमलाई तिव्रता दिएका छन् ।
धनुषा निर्वाचन क्षेत्र नम्बर ३ को ख मा पर्ने वडाहरुको उम्मेदवार अलीले घरदैलौ कार्यक्रमलाई तिव्रता दिएका हुन् । घरदैलो कार्यक्रम अन्तर्गत उनी आईतवार जनकपुरधाम वडा नम्बर ८ मा घरदैलौ कार्यक्रम गरेका हुन् । घरदैलौ कार्यक्रममा उम्मेदवार अलीलाई सर्वसधारण जनताले ठाँउमा स्वागत गर्दै जीतकाे आग्रिम शुभकामना समेत दिने गरेका छन् ।
आईतवार घरदैलो कार्यक्रम पश्चात आयोजना गरिएको घोषणालाई सम्बोधन गर्दै नेता अलीले म नेता होईन जनकपुरधामको बेटाको रुपमा जनकपुरधामवासीलाई सेवा गर्न उम्मेदवारी दिएको बताए ।
‘म यो शहरमा जम्मे हुर्केको छु, यहाँको माटोसँग प्रेम छ, यहाँको धर्मसास्कृतिसँग औधी लगाव छ,उम्मेदवार अलीले भने,‘ म उपमेयर हुदाँ गरेको विकास निर्माणको कामको मुल्याङ्गकन गरेर मतदान गर्नु होला । अन्य पार्टीका नेताहरु जस्तो दलबदलु र अवसरवादी होईन । मसँधै जनकपुरधामवासीकै सेवामा ४५ वर्ष खर्जेको छु ।मैले जनकपुर र जनकपुरवासीको लागिको गरेको योगदानलाई एक पटक मतदान गर्नु अघि सम्झिनु होला ।’
अर्को प्रशंगमा उम्मेदवार अलीले मधेशी जनताको हक अधिकारको सवालमा सबै राष्ट्रिय पार्टीहरु एउटै मानसिकता रहेको आरोप लगाए ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !