जनकपुरधाम, कार्तिक १९ गते । धनुषा निर्वाचन क्षेत्र नम्बर ४ (१) प्रदेश सभा सदस्यका उम्मेद्वार शेषनारायण यादवलाई मतदाताहरू फुलमालाले स्वागत गर्दै जीतकाे आग्रिम शुभकामना दिएका छन ।
शनिवार जनकपुरधाम उपमहानगरपालिका ९ मा स्थानीय मतदाताहरूले घरदैलाे कार्यक्रमकाे क्रममा मत माग्न घरमा आएका पाँच दलीय सत्तागठबन्धबाट नेपाली कांग्रेसका उम्मेद्वार यादवलाई फुलमालाले स्वागत गर्दै जितकाे आग्रिम शुभकामना दिएका हुन ।
मत माग्न घरदैलोमा यादव संगै प्रतिनिधि सभाका उम्मेद्वार महेन्द्र यादव समेतलाई मतदाताहरुले स्वागत गर्दै गठबन्धन सहित कांग्रेसको पक्षमा मतदान गर्ने मतदाताहरूले आश्वासन दिएका छन् ।

अरु दलका उम्मेदवार भन्दा गठबन्धनका उम्मेदवारहरु जनता माझ रहदै आएकाले पहिचान र अधिकार स्थापित संगै देश र प्रदेशकाे विकास गर्न सक्ने भन्दै मतदाताले आफूहरुकाे राेजाई कांग्रेस नै रहेकाे बताएका थिए ।
उम्मेद्वार शेषनारायण यादवले विगतमा कथित मधेशवादी दल सरकारकाे नेतृ्त्व गर्दा प्रदेश भ्रष्टाचारले बदनाम भएकाे कुरा कसैसंग लुकेकाे छैन । प्रदेशलाई भ्रष्टाचार मुक्त र विकासशील बनाउन कांग्रेस नेतृत्वकाे सरकार आवश्यक रहेकाले कांग्रेस सहित गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गरे ।
विगत पाँच वर्षको कार्यकालमा जसपा नेतृत्वकाे सरकारले गरेका कामहरु जनताका सामु सर्वविदीतै रहेको भन्दै आफु अवसर पाएमा मधेशी जनताकाे नागरिकता समस्या सहित आधारभुत आश्यकता पुर्तिका उत्कृष्ट काम गर्ने प्रतिबद्धता उनले मतदाताहरु सामु जनाए ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !