जनकपुरधाम, कातिक १९ गते । धनुषा क्षेत्र नं. १ मा पांच दलीय सत्ता गठबन्धन र एमाले जसपा गठबन्धनलाई पछार्दै जनमत पार्टीका किशोरी साह कलम मजबूत बन्दै गएको छ ।
सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका मातृका यादव र एमाले जसपा गठबन्धनबाट जसपाका दिपक कार्कीलाई पछाडि पार्दै अघि बढदै गएको दाबी गरिएको छ ।
गठबन्धनका यी दुई नेता २०७४ सालको निर्वाचनमा समेत आमने सामने थिए । तर यस पटकको निर्वाचनमा यी दूबै नेतालाई जनमत पार्टीबाट उम्मेदवारी दिएका किशोरी साह कमलले मतदाताहरुको आश्वासन पाईरहेकाले मजबूत बन्दै गएको उनको नेता कार्यकर्ताहरुको दाबी छ ।
प्रदेशसभा सदस्य समेत रहेका कमललाई एमालेले टिकट नपाएपछि जनमत पार्टीबाट प्रतिनिधिसभाको टिकट पाएर चुनावी मैदानमा उत्रेका हुन । उनको चर्चा यी दुई उम्मेदवारभन्दा बढी भईरहेको पाइएको छ । एमालेले अन्याय गरेको भन्दै उनी मतदाताहरुको सहानुभूीत समेत पाईरहेका छन् ।
कांग्रेसको बाहुल्यता हुदा हुदै पनि कांग्रेस सिद्वान्त र गतिहिन भएको, एमालेले जेनुन नेतासंग अन्याय गरेको र मधेशवादी दलले सत्ता र स्वार्थको मात्र खेती गरेको कुरा जनताले बुझेको परिपेक्षमा कमल क्षेत्रवासीका लागि उत्तम विकल्प रहेको स्थानीय मतदाताहरुको भनाई छ ।
बाहुल्यता हुदा हुदै पनि कांग्रेस, एमाले र माओवादीले क्षेत्रका लागि केहि गर्नु भन्दा पनि जनतालाई आफनो कब्जामा राखेर अस्वभाविक काम गर्न बाध्य बनाएको परिस्थितीमा आफनो सहज जित हुने प्रदेश सभा सदस्य समेत रहेका कमलको दावी छ ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !