जनकपुरधाम, कार्तिक १८ गते । धनुषाको निर्वाचन क्षेत्र नम्बर ३(क) बाट प्रदेश सभा सदस्यका उम्मेदवार डा. प्रसन्न झाले ग्रामीण क्षेत्रमा अहिले पनी कतिपय निमुखा जनता सरकारी सेवा सुबिधाबाट बञ्चित रहेकाेमा चिन्ता व्यक्त गरेका छन ।
जनमत पार्टीका उम्मेदवार रहेका डा. झाले घरदैलोकै क्रममा शुक्रबार नवटोली, विर्ता लगायतका गाउँमा मतदाताहरुसंग भेट गर्दै कुराकानीकाे क्रममा यस्ताे चिन्ता व्यक्त गरेका छन ।
उनीहरुको पक्षमा आवाज उठाउन, शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी र भौतिक पूर्वाधारको विकास जस्ता कार्यमा सुधार गर्ने जस्ता एजेन्डाहरु आफ्नो रहेको र पूरा गरेर देखाउने प्रतिबद्धता जनाए ।
त्यहाँका समस्याहरुलाई ध्यानमै राखेर आफूले उम्मेदवारी दिएको उनको भनाई थियो । यस अघिका जनप्रतिनिधि काम कम राजनीतिमा बढी केन्द्रित रहेको आरोप लगाउँदै उम्मेदवार झाले यस क्षेत्रको विकासको खाका बनाएर काम गर्ने आफूसंग योजना रहेको जानकारी दिए ।
आफूलाई मतदाताले अवसर दिए योजना बनाएर यस क्षेत्रको विकासका लागि काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !