जनकपुरधाम, कात्तिक १८ गते । धनुषा निर्वाचन क्षेत्र नम्बर ४ (१) मा कांग्रेसको घरदैलो संगसंगै पार्टी पार्टी प्रवेश कार्यक्रम निरन्तर जारी रहेको छ ।
यसैक्रममा शुक्रवार क्षेत्रको लक्ष्मिनिया गाउँपालिका वडा नम्बर ५ स्थित बनिनिया र भंगहामा उम्मेदवार शेषनारायण यादव घरदैलो कार्यक्रम सम्पन्न गरेका छन । यसअघि बिहीवार जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १३ मा घर दैलो कार्यक्रमको क्रममा भारी संख्यामा एमाले र जसपा सहितका विभिन्न पार्टीका नेता कार्यकर्ताहरुलाई पार्टी प्रवेश गराएका थिए ।
शुक्रवार उनले घरदैलो क्रममा मतदाताहरुसँग नागरिकता समस्या समाधान र देशको समुचित विकासका लागि संघ तथा मधेश प्रदेशमा कांग्रेस नेतृत्वको सरकारका लागि कांग्रेसलाई मत दिएर सहयोग गर्न आग्रह गरेका थिए ।

यादवले मतदाताहरुसँग आफूले मधेश र मधेशीको अधिकार तथा पहिचान स्थापित गराउंदै विकासका निम्ति कथित मधेशवादी दल हालको जसपालाई १५ वर्ष लगानी गरे । तर मेरो लगानी जसपा नेतृत्वको प्रदेश सरकारले गरेको भ्रष्टाचारले समाप्त पारेपछि आफू लोकतान्त्रिक पार्टी कांग्रेसमा आएर सही बाटो अपनाएको बताए ।
उनले भने देश तथा प्रदेशलाई भ्रष्टाचारमुक्त तथा समृद्ध र सबल कांग्रेस पार्टीले नै बनाउन सक्ने भन्ने कुरा विगतका इतिहास हेर्दा हुन्छ त्यसैले देशलाई बचाउन आउंदो निर्वाचनमा कांग्रेसका उम्मेदवारलाई जिताउन आवश्यक छ ।
सो क्रममा स्थानीय मतदाताहरुले उम्मेदवार यादवलाई आग्रिम जितको शुभकामना दिदै ठाउँ ठाउँमा फुलमाला लगाई स्वागत समेत गरेको थियो ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !