जनकपुरधाम, कातिक १८ गते । धनुषा क्षेत्र नं. १ मा त्रिपक्षिय प्रतिस्पर्धा रहेपनि जनमत पार्टीका किशोरी साह कमल चर्चामा रहेको छ ।
पांच दलीय सत्तारुढ गठबन्धनबाट सांसद समेत रहेका पुर्वमन्त्री मातृका प्रसाद यादव र नेकपा एमाले– जसपा नेपाल गठबन्धनबाट दिपक कार्की उम्मेदवार छन । तर जनमतका कमलको चुनावी प्रचार प्रसारले जनताको चासो बढदै गएकोले उनी प्रतिष्पर्धामा उक्लिदै गएको छ ।
दुई गठबन्धनका बिचमा एक्लै जनमतका उम्मेदवार किशोरी साह कमल चर्चामा रहेका छन् । क्षेत्रका स्थानीय रघुनाथपुर निवासी सुरेन्द्र राउत भन्छन, ‘यसपालि क्षेत्र १ ले राजनितिको नयाँ दिसा मोड्ने छ । जनताले परिवर्तन खोज्न थालेको भन्दै उनले जनमतका कमल पनि जित्न सक्ने सम्भावना बढेको बताए ।
कांग्रेसको बाहुल्यता हुदा हुदै पनि कांग्रेस सिद्वान्त र गतिहिन भएको, एमालेले जेनुन नेतासंग अन्याय गरेको र मधेशवादी दलले सत्ता र स्वार्थको मात्र खेती गरेको कुरा जनताले बुझेको परिपेक्षमा कमल क्षेत्रवासीका लागि उत्तम विकल्प रहेको कतिपयको भनाई छ । बाहुल्यता हुदा हुदै पनि कांग्रेस, एमाले र माओवादीले क्षेत्रका लागि केहि गर्नु भन्दा पनि जनतालाई आफनो कब्जामा राखेर अस्वभाविक काम गर्न बाध्य बनाएको परिस्थितीमा आफनो सहज जित हुने प्रदेश सभा सदस्य समेत रहेका कमलको दावी छ ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !