जनकपुरधाम, कात्तिक १६ गते । धनुषा क्षेत्र नम्बर ४ (१) मा पांच दलीय सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार शेषनारायण यादवले घरदैलो कार्यक्रम संगै पार्टी प्रवेश कार्यक्रमलाई तिव्रता दिएका छन ।
कांग्रेस पार्टी प्रति विभिन्न दलका नेता कार्यकर्ताहरुको विश्वास बढदै गएपछि प्रत्येक दिन पार्टी प्रवेश गर्नेहरुको संख्या दिनानुदिन बढदै गएको छ । उम्मेदवार यादवले चुनाव प्रचार प्रसारका लागि घरदैलो कार्यक्रमलाई बिहानदेखि सांझसम्म क्षेत्रमा निरन्तरता दिदै आएका छन ।
घरदैलो कार्यक्रम संगै पार्टी प्रवेश गर्नेहरुलाई पनि भित्रियाउंदा आएका छन । यसैक्रममा बुधवार मिथिला बिहारी नगरपालिका वडा नम्बर १० मा एमाले र जसपा सहितका विभिन्न पार्टीका चार दर्जनभन्दा नेता कार्यकर्ताहरुलाई प्रवेश गराई पार्टी भित्र भित्रियाएका छन । नवप्रवेशीहरुलाई उम्मेदवार यादव संगै प्रतिनिधि सभाका उम्मेदवार महेन्द्र यादवले फुलमाला र टिकाई लगाई स्वागत गरेका छन ।

कांग्रेसमा हबिव साह, हबिव राईन, बिरेन्द्र मण्डल, ब्रहमदेव यादव, मो. सलिम साह, हफिज साह, अकबर साह, सिराजुल साह, ड्डबरुन मंडल, हेम नारायण मंडल, ड्डकुम्हिया खतुन, मिना खातुन, नागेश्वर साह लगायत जसपा र एमालेबाट पांच दर्जनभन्दा बढी व्यक्ति प्रवेश गरेका छन ।
पार्टी प्रवेश गर्नेहरुले लोकतन्त्रको रक्षार्थ कांग्रेस नेतृत्वको प्रदेश तथा संघमा गठबन्धन सरकार बनाउन अहोरात खटने प्रतिबद्धता जनाएका छन । कार्यक्रममा प्रदेश सभा सदस्य उम्मेदवार यादवले आफूले मधेश र मधेशीको पहिचान तथा अधिकारका लागि १५ वर्षसम्म कथित मधेशवादी दलमा खटे तर तिनीहरु सत्ताका लागि प्रतिगामी शक्तिसामु आत्मसम्र्पण गरेपछि आफू लोकतान्त्रका हिमायती र पक्षधर नेपाली कांग्रेसमा आएको भने ।
उनले भने देशलाई वर्तमान संकटकालिन अवस्थाबाट नेपाली कांग्रेस नै मुक्ति दिलाउने भन्ने कुरा विगतमा कयौं पटक प्रमाणित गरिसकेको हुनाले आउंदो निर्वाचनबाट नेपाली कांग्रेस नेतृत्वमा गठबन्धनका सरकार बने देशले निकाय पाउने भएकाले गाछी छापमा मत दिएर आफूलाई जिताउन आग्रह गरे ।
सो पार्टी प्रवेश कार्यक्रममा कांग्रेस वडा सभापति ललित नारायण झा, विशिष्ट अतिथि नेपाली कांग्रेसका पुर्व जिल्ला सचिव कोमल कान्त झा, क्षेत्रीय सभापति कुमरकान्त झा मिथिला बिहारी नगरपालिकाका नगर प्रमुख रजेन्द्र प्रसाद यादव लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !