जनकपुरधाम, कार्तिक १५ गते । जनताले काम गर्नेलाई जिताउनेछ भन्ने सत्ता गठबन्धनको तर्फबाट धनुषा ३(ख)को प्रदेशसभाका उम्मेदवार परमेश्वर साहले विश्वास व्यक्त गरेका छन ।
मंगलवार जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ८ बलवाटाेलमा घरदैलो क्रममा साहले आफुले जनताका लागि सकेसम्म काम गरेकाे छु भ्रष्ट प्रदेश सरकार विरूद्ध आवाज उठाउंदैआएकाे छु, जनताले आफुलाई दिएकाे अभिभारा पछिललाे कार्यकालमा पूरा गरेकाे कारण यश पटक अधुरा काम गर्न फेरि माैका दिनेछन विश्वास व्यक्त गरे ।
प्रतिनिधिसभाका उम्मेदवार अनिलकुमार झासंगै घरदैलोमा पुगेका प्रदेशसभाका उम्मेदवार साहले सत्ता गठबन्धनको साझा उम्मेदवारहरुको पक्षमा मत हाल्न मतदाताहरुलाई आग्रह गरेका छन् ।
संघियता संस्थागत, कृषि,शिक्षा, स्वास्थ्य र युवा रोजगारीलाई मुख्य चुनावी एजेण्डा बनाएर उम्मेदवा। निर्वतमान प्रदेशसभा सदस्य साहले मतदाता आफूलाई विश्वास गर्ने दावी गरे ।
सत्ता गठबन्धनको पक्षका उम्मेदवारहरुप्रति जनताको सहानुभूति बढ्दै गईरहेको दावी गर्दै उनले आफुहरुको जीत सुनिश्चित रहेको बताए । प्रदेशसभा सदस्यका उम्मेदवार साहले आफूलाई जनताले फेरी अवसर दिए विकासको बाढी ल्याउने प्रतिवद्धता व्यक्त गरे ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !