जनकपुरधाम, कात्तिक १२ गते । दलित नेता अनिल पासमानको नेतृत्वमा विभिन्न पार्टीका दर्जनौ नेता कार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गरेका छन ।
शनिवार धनुषा क्षेत्र नम्बर ३ (१) बाट जनमत पार्टीका उम्मेदवार डा. प्रसन्न झाले घरदैलो तथा छठ पर्वको शुभकामना आदान प्रदान आयोजित कार्यक्रममा दलित नेता पासमान सहितका नेता कार्यकर्ताहरुलाई पार्टी प्रवेश गराएका हुन ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २० स्थित उम्मेदवार झाको अगुवाईमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा पार्टी प्रवेश गरेका नेता कार्यकर्ताहरुलाई फुलमाला र टिका लगाई झाले स्वागत गरेका छन ।
सो कार्यक्रमलाई सम्बोधन गर्दै झाले भ्रष्टाचार अन्त्य र मधेशी, किसान, पिछडिएको वर्ग सहितको अधिकार स्थापितका लागि जनमत पार्टी शुरुदेखि नै संघर्षरत रहेकोले आउंदो निर्वाचनमा विजयी बनाएर आफ्नो संघर्षलाई पुरा गरेर देखाउने प्रतिबद्धता जनाए ।
जनमत पार्टीबाट धनुषा ३(क)को प्रदेशसभा सदस्य पदमा उम्मेदवारी दिएका डा. प्रसन्नकुमार झाले घरदैलोका साथै शुभकामना आदान प्रदान कार्यक्रमलाई निरन्तरता दिदैं आएका छन ।
यता उम्मेदवार झाले शनिबार नै मुखियापट्टी मुसहरनिया गाउँपालिका वडा नम्बर ६मा समेत शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेका छन । सो कार्यक्रममा उम्मेदवार झाले जनमत पार्टीको पक्षमा मत दिन मतदातासंग आग्रह गरेका हुन ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !