जनकपुरधाम, कार्तिक १० गते । जनमत पार्टीबाट धनुषा ३(क)बाट प्रदेशसभामा उम्मेदवार डा. प्रसन्नकुमार झाले जनताकाे हरेक सुखदुःमा साथ दिनेे प्रतिबद्धता जनाएका छन ।
बिहीबार मतदाताहरुसंग मत माग्दै प्रदेशसभा सदस्यका उम्मेदवार डा. झा मुखियापट्टी मुसहरनिया गाउँपालिका वडा नम्बर ४मा आफू निर्वाचित भए जनताको सुखदुखमा साथ दिने मतदातासंग प्रतिवद्धता जनाए ।
साे गाउंमा पावली तथा छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान मतदातासंग शुभकामना आदान प्रदानसंगै मतदाताहरुको आशिर्वाद समेत थाप्दै यस्ताे प्रतिबद्धता जनाएमा छन् ।
निर्वाचनमा पछिल्ला जनप्रतिनिधिहरुको कामको लेखाजोखा गरेर विचार गरी विवेक पुर्याएर मतदान गर्न आग्रह गरे । सो शुभकामना आदान प्रदान कार्यक्रममा जनमत पार्टीका विभिन्न नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
यता प्रदेशसभाका उम्मेदवार डा. झाले धनौजी बजारमा विभिन्न पार्टी परित्याग गरेर आएका नेता कार्यकर्ताहरुलाई जनमत पार्टीमा प्रवेश गराएका छन् । उम्मेदवार झाले सो अवसरमा मधेसलाई अधिकार सम्पन्न बनाउनका लागि डा. सिके राउतको नेतृत्वमा रहेको जनमत पार्टीको पक्षमा मतदान गर्नका लागि अपिल गरेका थिए ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !