जनकपुरधाम, कात्तिक ८ गते । नागरिकता समस्या समाधान र मधेशीको अधिकार स्थापित गर्न पांचदलीय गठबन्धनलाई जिताउन आवश्यक रहेको कुरामा जोड दिइएको छ ।
मंगलवार बिहान जनकपुरधामको पिडारी चौकमा धनुषा क्षेत्र नम्बर ४ (१) का उम्मेदवार शेषनारायण यादवलाई स्थानीय बुद्धिजीवी तथा स्थानीयसँगको चुनावी भेटघाटको क्रममा यस्तो कुरामा जोड दिइएको हो ।
स्थानीय नागरिक समाजका अगूवाहरुले पछिल्लो पटक हामीले मधेशको भावनामा बगेर कथित मधेशवादी दल भनिएका तात्कालिन सपा हालको जसपालाई जिताएर सरकार बनाउने अवस्थामा पुरयायौं । तर तिनीहरु भ्रष्टाचारमा मात्र डुबेनन् कि मधेशको मुद्दा विसाएर प्रतिगामी शक्तिको पछि लागेर समग्र मधेश आन्दोलनलाई बदनाम गराएको गुनासो गरे ।
नेपाली कांग्रेसका नेता उम्मेदवार यादवले समेत आफ्नो पीडा पोख्दै भने मधेश र मधेशीको अधिकार तथा पहिचान स्थापित गर्न सम्पूर्ण राजनीतिक जीवन नै कथित मधेशी दल भनिएका जसपामा सम्पर्ण गरे । तर त्यसले सत्तामा पहुँच बनाउन मधेश आन्दोलन र मधेशी शहीदलाई भ¥याङ्ग बनाइरहेको देखेपछि लोकतन्त्रवादी पार्टी नेपाली कांग्रेसमा लागेको भने ।
उनले भने हाम्रो मधेशी जनतामा व्याप्त रहेको नागरिकता समस्या, भाषिक र सांस्कृतिक पहिचान तथा प्रदेशको समृद्धि कांग्रेसबाटै हुन सक्ने भएकाले कांग्रेसका उम्मेदवार सहित आफूलाई जिताउन आग्रह भेटघाटको क्रममा स्थानीय बुद्धिजीवी तथा नागरिक समाजका अगूवाहरुसँग गरे ।
सो भेटघाटका क्रममा उपस्थित स्थानीय बुद्धिजीवी तथा नागरिक समाजका अगूवाहरुले कथित मधेशवादी दल र ओलीको सरकार भ्रष्टाचारमा डुबेको हेरिसक्यौ अब अधिकार सम्पन्न मधेश बनाउन कांग्रेस नेतृत्व सहितको सरकारका कांग्रेसकै उम्मेदवार जिताउने प्रतिबद्धता जनाएको थियो ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !