जनकपुरधाम, कात्तिक ५ गते । भ्रष्टाचार अन्त्य गर्ने अठोटका साथ नेकपा एमालेबाट क्षेत्र नं. ३ (ख) प्रदेशसभा सदस्यका उम्मेदवार दीपेन्द्र ठाकुर घरदैलो आफ्नो पक्षमा मत माग्नमा व्यस्त छन् ।
पूर्व कराते खेलाडी समेत रहेका उम्मेदवार सामाजिक लगायत विभिन्न क्षेत्रमा पुरयाएका ठाकुर सामाजमा देखिएका विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध लड्नका लागि राजनीति एकमात्र आधार रहेकाले आफू उम्मेदवार बनेको बताए ।
उनले घरदैलोको क्रममा ‘म यस अघि प्रत्यक्ष राजनीतिमा नलागे पनि जनकपुरधाम लगायतका क्षेत्रमा पुर्याएको योगदानलाई यहाँका मतदाताले कदर गर्नु हुन्छ भन्ने विश्वास व्यक्त गरेका छन ।
जनकपुरधामको रामानन्द युवा क्लवका अध्यक्ष रहि सकेका ठाकुर आफूलाई सामाजिक कार्यमा सक्रिय रहेका नेपालको ‘क’ वर्गका निर्माण व्यवसायी ठाकुर यहाँका जनताको सेवा गर्ने अभिप्रायले आफू राजनीतिमा होमिएको स्पष्ट बताए ।
कोरोना महामारीको पहिलो र दोस्रो लहरमा आफू फ्रन्टमै रहेर राहत वितरणका साथै विपन्न तथा गरिबलाई भोजन गराउने कार्यमा प्रत्यक्ष उनले बताइरहेका छन् । राजनीतिमा आएर प्रत्यक्ष रुपमा सामाजिक दायित्वलाई निर्वाह गर्ने उनको भनाइ छ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !