जनकपुरधाम, कात्तिक ४ गते । धनुषा क्षेत्र नम्बर–३ (क)मा जनमत पार्टीबाट प्रदेशसभा सदस्यमा उम्मेदवारी दिएका डा. प्रसन्न झाले पछिल्लो पटक जिताएको जनप्रतिनिधि मतदाता जनताका लागि काम गर्नुभन्दा भ्रष्टाचारमै चुर्लुम्म डुबेको आरोप लगाएका छन् ।
उनले अब युवा उम्मेदवारलाई अवसर दिन आग्रह गरेका हुन् । भ्रष्टाचारलाई जड़ैदेखि निर्मूल नपारिएसम्म प्रदेश र देशको विकास नहुने बताउँदै झाले स्वच्छ छविका उम्मेदवारलाई मत दिन आग्रह गरेका छन् ।
जनमत पार्टी निरन्तर भ्रष्टाचार बिरुद्ध आवाज उठाउँदै आईरहेको उनले स्मरण गराए । विकासको नाममा करोडौँ खर्च हुने तर, काम कागजमै सीमित हुने भएकोले यस्तै परिपाटीको अन्त्य गर्नका लागि आफूले उम्मेदवारी दिएको डा. झाले बताए । झाले शुक्रबार नगराइन नगरपालिकाको बहिरी, फूलगामा र नवटोलीमा घरदैलो कार्यक्रम गरेका हुन् । घरदैलोका लागि पुगेका उम्मेदवार झाले जनमत पार्टीको पक्षमा मत मागेका थिए ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !