जनकपुरधाम, कात्तिक ३ गते । आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन नजिकदै जाँदा नेपाली कांग्रेसमा विभिन्न पार्टीबाट नेता कार्यकर्ताहरु प्रवेश गर्नेहरुको संख्या बढदै गएको छ ।
धनुषा–४(क) को लक्ष्मीनियाँ गाउँपालिका–२ का प्रभावशाली नेता देव सिंह सुवेदीले बुधबार नेपाली कांग्रेस प्रवेश गरेका छन् । नेता सिंहलाई धनुषा–४ का उम्मेदवार महेन्द्र यादव र ४(क) का उम्मेदवार शेषनारायण यादवले संयुक्त रुपमा पार्टी प्रवेश गराएका हुन् ।
बुधबार बिहान लक्ष्मीनिया–२ सिनुरजोडामा आयोजित पार्टी सम्पर्क कार्यालय उद्घाटन कार्यक्रमको अवसरमा नेतासिंह संगै संयौ कार्यकर्ता कांग्रेस प्रवेश गरेका हुन् । सो अवसरमा नेपाली कांग्रेसका धनुषा सभापति योगेन्द्र पजियार, नेता बजरंग यादव, डा.सत्रुधन यादव, डा.संजिव यादव, भोगेन्द्र राउत, प्रभात सिंह लगायतको उपस्थिति रहेको थियो ।
उनी ३१ बैशाखमा सम्पन्न स्थानीय चुनावमा नेकपा (एकीकृत समाजवादी) बाट वडाध्यक्षमा उठेका थिए । सिनुरजोडामा नेता सिंहको राम्रो प्र्रभाव मानिन्छ । यसअघि मंगलबार नेकपा एमालेका समानुपातिक उम्मेदवार फुलकुमारी महतोले कांग्रेस प्रवेश गरेका थिए ।
यसअघि एमालेका प्रदेश समिति सदस्य डा. संजिव कुमार यादवसहितका नेता कार्यकर्ता कांग्रेस प्रवेश गरेका थिए भने एमालेका समानुपातिक उम्मेदवार फुलकुमारी महतो आफ्नो जत्था सहित प्रवेश गरेकी थिइन ।
धनुषा–४ का प्रतिनिधि र प्रदेशसभा सदस्यका उम्मेदवार महेन्द्र यादव र शेषनारायण यादवले बुधबार नै जनकपुरधाम–९ मा पार्टी सम्पर्क कार्यालयको उद्घाटन गरेका छन् । सो अवसरमा वडा–९ वडाध्यक्ष परमेश्वर साह, सुरेश कोइराला, रामवरण पासवान लगायत स्थानीय कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !