जनकपुरधाम, कात्तिक २ गते । तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) का अध्यक्ष वृषेशचन्द्र लालले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुर मधेस आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा गर्न नसकेको आरोप लगाएका छन ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा प्रतिनिधि सभातर्फ महोत्तरी ३ बाट उम्मेदवारी दिएका अध्यक्ष ठाकुरको विरुद्धमा तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) बाट उम्मेदवार बनेका लालले यस्तो आरोप लगाएका हुन ।
अध्यक्ष ठाकुरसँग नेपाली कांग्रेस हुँदै तमलोपाबाट लोसपासम्म संगै राजनीतिक गरेका गरेका लालले भने आफू ठाकुरजीसँग लामो समयसम्म काम गरेको छु । उहाँलाई मधेशको एजेण्डा पुरा गराउन पटक पटक आग्रह गरेपनि बेवास्ता गर्दै आएपछि बाध्य भएर उहाँका साथ छाडेर पुरानो तमलोपालाई पुर्नजिवित गरेर उहाँको विरुद्धमा उम्मेदवारी दिएको हुँ ।
अध्यक्ष लालले भने मधेश आन्दोलनबाट प्राप्त उपलब्धीको ठाकुरजीले रक्षा गर्न नसक्दा मधेसको पहिचान, सम्मान तथा स्वाभिमान गुमेको कारण आफूले ती अधिकार पुरा गर्नका निम्ति चुनावी मैदानमा होमिएको हुँ । संघियतालाई समाप्त पार्ने मनसायका साथ देशमा गठबन्धनको राजनीति सुरु गरिएको आरोप समेत लगाएका छन् ।
लालले देशमा सिद्धान्तहिन राजनीति चलिरहेकाले सत्तारुढ गठबन्धन र एमाले–जसपा गठबन्धनले निर्वाचन प्रणालीको मर्ममाथी प्रहार गरेको आरोप लगाए । राजनीतिमा पुस्ता हस्तान्तरणको समय आइसकेको अवस्थामा केही राजनीतिक दलहरुले गठबन्धनको नाममा पुरानै अनुहारलाई दोर्होयाउने र आफ्नो पदलोलुप्ता पूरा गर्ने कुचेष्टा मात्र गठबन्धनको नाममा राजनीतिक दलहरुले गरेको आरोप लगाउंदै त्यसबाट बच्न मतदाताहरुसँग आग्रह गरे ।
महोत्तरी–३ मा लालसँगै जसपा—एमाले गठबन्धनबाट जसपाका हरिनारायण यादव सत्तारुढ गठबन्धनका लोसपाबाट उम्मेदवार रहेका अध्यक्ष ठाकुरका प्रतिष्पर्धी छन । २०७४ को निर्वाचनमा सहजै जित निकाल्न सफल भएका लोसपा अध्यक्ष ठाकुरलाई यस पटक त्यहाँ जित्न मुस्किल देखिन्छ ।
‘नेपाली कांग्रेसको लामो राजनीति गरेका ठाकुर २०४८ सालदेखि नै लगातार निर्वाचन लड्दै आएको नेता छन् । २०४८, २०५१ र २०५६ सालमा सर्लाहीबाट निर्वाचित भएका उनी २०६४ र २०७० को संविधान सभा निर्वाचनमा आफ्नै पूर्व सहयोगी अमरेश सिंहबाट बाटै पराजित भएपछि २०७४ मा क्षेत्र परिवर्तन गरी महोत्तरी ३ लडेर जितेका थिए ।
यसअघिको निर्वाचनमा ठाकुरले २६ हजार ८४५ मत ल्याएर निर्वाचित भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका विजयकुमार चौधरीले ८ हजार ६७६ मतमात्र प्राप्त गरेका थिए । तर यस ५ वर्षको अवधिमा महन्थले आफ्नो क्षेत्रमा जनताको अपेक्षा अनुसारको काम गर्न नसकेकोले उनको जित अनिश्चित बनेको देखिन्छ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !