जनकपुरधाम, असोज ३१ गते । धनुषा ३ (क) मा घरदैलो कार्यक्रमको क्रममा मलाई सेवा गर्न मौका दिनुस जनताका लागि काम गरेर देखाउनेछु भन्ने प्रतिबद्धता प्रदेशसभा सदस्यमा उम्मेदवार डा. प्रसन्न झाले व्यक्त गरेका छन ।
प्रदेशसभा सदस्यका लागि जनमत पार्टीका उम्मेदवार रहेका झाले सोमवार धनौजीको भररिया र बहुअर्वामा घरदैलो कार्यक्रमको यस्तो प्रतिबद्धता गरेका हुन् । घरदैलोका लागि भररिया र बहुअर्वा पुगेका उम्मेदवार झाले आफ्नो र जनमत पार्टीको पक्षमा मत मागेका थिए ।
यसअघि यहाँका मतदाताले जिताएको प्रतिनिधि भ्रष्टाचारमै चुर्लुम्म डुबेको जनताले बुझि सकेकाले अब युवा उम्मेदवारलाई अवसर दिन उने आग्रह गरेका थिए । भ्रष्टाचारलाई जड़ैदेखि निर्मूल नपारिएसम्म प्रदेश र देशको विकास नहुने बताउँदै उम्मेदवार झाले स्वच्छ छविका उम्मेदवारलाई मत दिन आग्रह गरे ।
मधेस प्रदेशको शिक्षा र स्वास्थ्यको अवस्था त जर्जर छ नै त्यसमाथी भौतिक संरचना निर्माणमै करोडौ खर्च गरिएपनि विकासको अनुभूति हुन नसकेकोमा दुःख व्यक्त गरे ।
विकासको नाममा करोडौँ खर्च हुन्छ तर काम कागजमै सीमित हुन्छ यस्तै परिपाटीको अन्त्य गर्नका लागि आफूले उम्मेदवारी दिएको मतदाता माझ डा. झाले बताए । यसका साथै आफू युवा रहेकाले म भित्र केही गर्ने ईच्छ र आँट मलाई मत दिनुस केही गरेर देखाउँछु उनले भने ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !