जनकपुरधाम, असोज २७ गते । पांचदलीय दलीय सत्ता गठबन्धनमा महोत्तरी २ (क) मा अधिकारिकता विवाद देखिएको छ । नेकपा एकीकृत समाजवादी (नेकपा एस) की मञ्जु यादवले आफू अधिकारिक उम्मेदवार रहेको दाबी गरेकी छिन ।
सो क्षेत्रमा लोसपाबाट जयनूल राईन समेतले सत्ता गठबन्धनको आफू अधिकारिक रहेको भनी मत माग्दै प्रचार प्रसारमा गरिरहेका छन । बिहीवार संचारकर्मीसँगको भेटघाट कार्यक्रममा नेकपा एसकी मञ्जुले भनिन् पांचदलीय सत्ता गठबन्धनको आफू अधिकारिक उम्मेदवार रहेको दाबी गरिन ।
उनले भनिन पांच दलीय गठबन्धनको सहमति अनुसार पहिला सो क्षेत्र नेकपा एसलाई दिइएको थियो । सोही आधारमा मलाई पार्टीले टिकट पनि दियो । तर पछि लोसपा गठबन्धनमा आएपछि कांग्रेसले आफ्नो भागबाट दिनेर सहमति भयो । ती सहमति अनुसार सो क्षेत्र कांग्रेसले लोसपालाई दिनै मिल्दैन ।
उनले भनिन् यदि आफू गठबन्धन दलको उम्मेदवार होइन भने पार्टी वा गठबन्धनले मलाई फिर्ता लिनु दबाव दिनु पथ्र्यो तर त्यसरी भएन । एक्कासी आएर लोसपाले आफू अधिकारिक उम्मेदवार रहेको भन्नु गठबन्धन सहमति विरुद्ध रहेको छ ।
यता लोसपाका राईनले पनि गठबन्धनका अधिकारिक उम्मेदवार आफू रहेको दाबी गरेका छन । उनले भने सत्ता गठबन्धनसँग हाम्रो पार्टीको भएको सहमति अनुसार ती क्षेत्र लोसपाले पाएको हो र सोही आधारमा आफू उम्मेदवार पनि बनेको हो ।
यदि म गठबन्धनको संयुक्त उम्मेदवार होइन भने गठबन्धनका घटक दलहरुले विवाद सुल्झाउने हो । सहमति अनुसार आफू अधिकारिक उम्मेदवार हो, यदि म होइन भने गठबन्धन वा हाम्रो पार्टीले अधिकारिक रुपमा भन्नु परयो । उम्मेदवारी फिर्ता लिने बेलासम्म केही नबोल्ने र अहिले आएर कसैले भन्दैमा गठबन्धनको छु दाबी गर्नु गलत हो ।
जनयूल राईन यसअघि सो क्षेत्रमा तात्कालिन राजपाबाट प्रत्यक्षतर्फ निर्वाचित भएका हुन भने मञ्जु यादव एमालेबाट समानुपातिकबाट निर्वाचित भएकी थिइन । एमाले विभाजन भएपछि उनी नेकपा एस रोजेकी हुन र सोही पार्टी यसपटक प्रत्यक्षतर्फ उम्मेदवार बनेकी छिन ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !