जनकपुरधाम, असोज २५ गते । धनुषा क्षेत्र नम्बर ३ (ख) मा तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) बाट प्रदेश सभाका उम्मेदवार असगर अलीले आफ्नो उम्मेदवारी मधेशी जनताको अधिकार र पहिचान स्थापितका साथै समानुपातिक समावेशी प्रतिनिधित्व सुनिश्चितताका निम्ति रहेको बताएका छन ।
घर दैलो कार्यक्रमको क्रममा संचारकर्मीसँग कुरा उनले भने विगतमा कथित मधेशी दलहरुलाई जनताले जिताएर सरकार बनाउनसम्म पुरयायो । तर ती दलबाट जितेका नेताहरु मन्त्री र सांसद पदमा जाँदा काम गर्नुभन्दा भ्रष्टाचारलाई बढावा दिएको छ ।
मधेश आन्दोलनको जगमा बनेको ती दलका मन्त्रीहरु जनताको भावना अनुकुल अधिकार र पहिचान स्थापित तथा समानुपातिक समावेशी प्रतिनिधित्वमा केही काम नगरी भ्रष्टाचारलाई मलजल दिदै कार्यकर्ता पाल्ने काम मात्र गरे ।
अब मधेशी जनताको अधिकार र पहिचान स्थापित तराई मधेश लोकतान्त्रिक पार्टीले मात्रै सम्भव हुने भएकोले जनताको भावना अनुरुप आफूले सो पार्टीबाट धनुषा क्षेत्र ३ (ख) बाट उम्मेदवारी दिएको छु र पुरा पनि गर्नेछु ।
अलीले भने आफू जितेपछि शिक्षा र स्वास्थ्यमा रहेका व्यथिति अन्त्य गर्नेछु । यसका साथै धार्मिक र सांस्कृतिक पर्यटनको विकासमा स्तरोन्नति र सुधार ल्याउने पदीय हिसाबले प्रयास गर्नेछु ।
उनले सप्तरीको छिन्नमस्तादेखि प्रदेशका राजधानी जनकपुरधाम सहित बाराको गढीमाईसम्मका धार्मिक सांस्कृतिक सँग जोडिएका मठ मन्दिर र मस्जिदको स्तरोन्नति र पर्यटकीय विकासमा जोड दिन संघदेखि प्रदेश र स्थानीय तहमा जोड दिने बताए ।
यसका साथै बेरोजगारी समस्या समाधान र लागू पदार्थले फैलिंदै गएको विकृति रोक्न आम जनमानसमा सचेतनाका लागि कानून निर्माण गरेर अघि बढने प्रयास गर्नेछु अलीले बताए । धनुषा ३ (ख) का तमलोपाबाट उम्मेदवार अली तात्कालिन जनकपुर नगरपालिकाका उपमेयर समेत रहिसकेका हुन । उनकै कार्यकालमा जनकपुरमा रहेको सांघुरो सडकलाई फराकिलो काम पहिलो पटक शुरुवात गरिएको थियो ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !