जनकपुरधाम, असोज २३ गते । सत्ता गठबन्धनमा नेकपा एकीकृत समाजवादी पार्टीले उम्मेदवारीकै दिन धनुषामा धोखा दिएको छ ।
सत्ता गठबन्धनको चुनावी एकता अनुसार धनुषा क्षेत्र नम्बर २ प्रतिनिधि सभातर्फ कांग्रेस र प्रदेश सभातर्फ २ (क) मा लोसपा र २ (ख) मा एकीकृत माओवादीले टिकट पाएका थिए । तर नेकपा एकीकृत समाजवादी पार्टीका नेता रामचन्द्र झाको नेतृत्वमा प्रतिनिधि सभा र प्रदेश सभा दुवैमा गठबन्धनलाई टक्कर दिन उम्मेदवारी दिएको छ ।
गठबन्धनबाट कांग्रेसका उम्मेदवार रामकृष्ण यादवले भने कुनै दलले गठबन्धन चुनावी एकतामा एकातर्फ सहमति जनाएर हस्ताक्षर गर्ने र अर्कोतर्फ गठबन्धन विरुद्ध आफ्नो उम्मेदवार खडा धोखा हो । उनले भने गठबन्धनमा भएका सहमति कार्यान्वयन गर्नुपथ्र्यो तर व्यक्तिगत रुपमा उम्मेदवारी दिनु गलत हो, कसैले उम्मेदवारी दिएछ भने त्यसले गठबन्धनका उम्मेदवारमा खासै असर पर्नेछैन ।
उता गठबन्धन सहमति बाहिर गएर उम्मेदवारी दिएका नेकपा एसका झाले भने गठबन्धनमा हाम्रो पार्टीको सहमति हो, तर यस क्षेत्रमा सहमति हुन नसक्दा मित्रवत प्रतिष्पर्धा गर्ने सहमति बनेको हो त्यही आधारमा आफूले उम्मेदवारी दिएको हुँ । यसमा गठबन्धनलाई धोखा दिनु कुनै कुरै छैन, सहमति हुन नसक्दा मित्रवत प्रतिष्पर्धामा जाने भनिएको छ, उम्मेदवारहरुले आफ्नो बलबूतामा चुनाव जित्ने हो ।
नेकपा एसबाट प्रदेश सभामा २ (क) मा शैलेन्द्र यादव र २ (ख) मा रामनारायण साहले उम्मेदवारी दर्ता गराएका छन् । उक्त क्षेत्रमा नेकपा एमालेबाट उमाशंकर अरगरिया, नेपाली कांग्रेसबाट रामकृष्ण यादव, जनता समाजवादीबाट गंगाराम यादवले प्रतिनिधिसभाका लागि उम्मेदवारी गराएका छन् ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !