जनकपुरधाम, असाेज १८ गते । जनकपुरधामकाे कदम चाेकस्थित एक हेलमेट पसलमा भएकाे भीषण आगलागीले लाखाैकाे क्षतिका साथै ३ जना घाइते भएकाे छ ।
साे आगलागीले संगै रहेका तीनघरमा समेत क्षति पुगेको छ भने घाइते मध्ये एक जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएकाे छ ।
प्रहरीका अनुसार साे आगलागीमा परी गोदाममा काम गर्ने धनुषा लक्ष्मीनियाँ गाउँपालिका वडा २ सिनुरजोडाका अन्दाजी वर्ष २२ वर्षका सुभाष यादव गम्भीर घाइते भएका छन् भने अन्य दुई जनाको पहिचान खुल्न सकेको छैन ।
यादवकाे उपचार सम्भव नभएपछि काठमाडौँ रेफर गरिएको जनकपुर प्रादेशिक अस्पतालले जनाएको छ ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !