जनकपुरधाम, असोज १० गते । नेकपा एमालेका सचिव रघुवीर महासेठले सता गठबन्धन चुनावको मिति सार्ने षडयन्त्रमा लागेकाे आरोप लगाएका छन् ।
साेमवार नेकपा एमालेको क्षेत्र नम्बर ३ को क्षेत्रिय कार्यालयको उदघाटन समाराेहमालसचिव महासेठले चुनावको मिति सार्ने षडयन्त्र सता गठबन्धन गरिरहेकाे भने ।
पुर्व मन्त्री समेत रहेका महासेठले चुनाव सार्ने षडयन्त्र कुनै पनि बहानामा भयो भने त्यो एमाले र नेपाली जनतालाई मान्य नहुने बताए । उनले भने ‘सता गठबन्धनकाे चुनाव सार्ने कोशिश सफल हुँदैन तर सार्ने कोशिश भयो भने नेपाली जनताले गठबन्धनलाई तह लगाउनेछ ।’ अगाडी भने ‘नेपाली जनतालाई राजतन्त्रलाई फाल्न बेर लागेन भने यो गठबन्धनलाई फाल्न के समय लाग्ला समय ।’
सचिव महासेठले नागरिकता समस्याको प्रसंगलाई कोट्याउँदै नेकपा एमाले बाहेक कुनै पनि दल यो समस्या समाधानका लागि गम्भिर नरहेको दावी गर्दै नागरिकता समस्या पनि श्रृजित गरेकाे आराेप लगाए ।
उनले एमाले कहिले पनि नागरिकता विराेधी नरहेकाे भन्दै २०५१ सालदेखि नै एमाले नागरिकता समस्या समाधानका लागि पहल गर्दै आईरहेको दाबी गरे ।
साे क्षेत्रिय पार्टी कार्यालय उदघाटन कार्यक्रममा पूर्व मन्त्री जुलीकुमारी महतो, एमाले नेता शिवशंकर साह, एमाले नगर कमिटी अध्यक्ष सुरेन्द्र भण्डारी लगायतको वक्ताहरूले आ आफ्ना धारणा राखेका थिए ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !