जनकपुरधाम, असोज ८ गते । नागरिक विधेयक राष्ट्रपतिबाट गर्न नदिएको आरोप लगाउंदै नेकपा एमाले अध्यक्ष केपीशर्मा ओलीलाई कालो झण्डा देखाउने जनकपुरधामबाट १२ जना पक्राउ परेको छ । हुनत प्रहरीले कालो झण्डा देखाउने कसैलाई पक्राउ नगरिएको बताएपनि सामाजिक सञ्जालमा पक्राउ परेर जिल्ला प्रहरी कार्यालयमा बसेकाहरुको फोटो भाइरल भइरहेका छन ।
शनिवार पार्टी प्रवेश कार्यक्रम स्थल तिनकोरिया चोक रेलमार्गबाट जाने क्रममा जनकपुरधामको भानु चोक नजिक जनता समाजवादी पार्टी र नेकपा एसका नेता कार्यकर्ता तथा उनी निकट संघ संगठनका कार्यकर्ताहरुले कालो झण्डा देखाएका थिए ।
ओलीलाई कालो झण्डा देखाएको आरोपमा आदर्श मण्डल, चन्दन तिवारी, बलिराम कापर, सरोज कुमार यादव, राम भगत यादव, राम कुमार साह, रहामात राइन् र सुनिल मण्डल लगायतका युवाहरु पक्राउ परेका थिए ।
अध्यक्ष ओली जनकपुर विमानस्थलबाट बाहिरिने क्रममा उनलाई केही युवाले कालो झण्डा देखाउने प्रयास गरेपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । ओली जनकपुरधामबाट निस्किेको केही बेरपछि उनीहरुलाई प्रहरीले रिहा गरेको थियो ।
नागरिकता विधेयक एमाले अध्यक्ष ओलीकै कारण प्रमाणीकरण नभएको भन्दै उनीहरुले कालो झण्डा देखाएका हुन । यसअघि भदौ २७ गते ओली जनकपुरधाम आउँदा पनि प्रहरीले ११ जना युवालाई कालो झण्डा देखाउने प्रयास गरेका कारण नियन्त्रणमा लिएको थियो । नागरिकता विधेयक प्रमाणीकरणको माग गर्दै मधेशवादी दलहरु पाँच दिनदेखि मधेसका जिल्लाहरुमा राष्ट्रपति विद्यादेवी भण्डारी विरुद्ध प्रर्दशन गरिरहेका छन् ।
लोकतान्त्रिक समाजवादी पार्टी नेपालका कार्यकारिणी सदस्य उमाशंकर अरगरियालगायतका नेतालाई पार्टीमा प्रवेश गराउन ओली जनकपुर पुगेका छन् । यसअघि उनी नेपाली काँग्रेसका युवा नेता सन्तोष यादवलगायतका नेतालाई पार्टीमा प्रवेश गराउन भदौ २७ गते जनकपुर पुगेका थिए । १८ दिनपछि उनी पुनः जनकपुर पुगेका छन् ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !