जनकपुरधाम, असोज ८ गते । वर्षौसम्म तराई छिर्न नसकेका केपीशर्मा ओली तराई मधेशमा आउन नसकेको कारण रहस्य शनिवार खोलेका छन ।
धनुषाको विदेह नगरपालिका स्थित तिनकोरिया चोकमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भने मधेश आन्दोलनको क्रममा आफू कसैको डरले होइन जनताको माया लागेर तराई आउन छाडेको थिए ।
उनले पछिल्लो पटक मधेश आन्दोलनका क्रममा आफू सप्तरीमा आउंदा राज्य पक्षले केही समूह परिचालन गरी आफूमाथि दोष लगाउन यहाँका निर्दोष जनता मारियो । त्यस बेलादेखि आफू तराई झर्न छाडे । तर आफूले कसैको डर त्रासले होइन, आफू गए राज्य पक्षले फेरी कुनै घटना घटाएर निर्दोष जनतालाई मार्नेछ भनी जनताको माया लागेर छाडेको थिए ।
पुर्वप्रधानमन्त्री समेत रहेका ओलीले सप्तरीको मलेठमा आफु आउँदा राज्यले दुई जनालाई मारेर र ७ जनालाई घाइते बनाई उपद्रव नै मचाएको आरोप लगाउँदै भने त्यसपछि जनताको माया लागेर तराई मधेश आउनै छोडेको पुरानो दिनलाई सम्झिदै भने ।
उनले आफु तराई आउन छोडेपनि मधेशको विकास र सुधारका लागि काम गर्न कहिलेपनि चुकेनौ । आफूले गरेको काम देखेर तराई मधेशका जनताले विपक्षीले छरेको भ्रम चिर्दै माया गर्न थालेको दाबी गरे । उनले भने ‘पहिले आफू र आफ्नो दल बिरुद्ध भ्रम श्रृजना गरेर तराई मधेश आउन बन्धेज नै गरे, आज आफ्नो नेतृत्वको सरकारले विकास निर्माणका कामहरु देखेर हजारौ हजारको संख्यामा पार्टी प्रवेशले जनताको माया पाइरहेको छु लाग्छ ।
ओलीले आफ्नो सरकारको पालामा भएको विकास देखेर हिजो प्रवेश निषेध गरेको तराई मधेशमा एमालेमा प्रवेशको लहर चलेको बताए । उनले भने ‘हामीले बोल्नुभन्दा पनि काम मात्रै गरेर देखायौँ त्यसैले एमालेमा प्रवेशको लहर चलेको छ ।’ मधेशमा एमाले प्रवेशको लहर देखेर सत्ता गठबन्धनका नेताहरु डरले दुलो भित्र पसेका छन् भने ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !