जनकपुरधाम, असोज ८ गते । चुनाव नजिकदैं जाँदा नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले जनतालाई लोभ्याउने गरी चुनावी चारा डाल्न सुरु गरिसकेका छन ।
शनिवार धनुषाको तिनकोरिया चोकमा आयोजित एक पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै आउंदो सरकार एमालेको नेतृत्वमा भए एक महिनाभित्रै जन्मसिद्धका नागरिकका सन्तानलाई एक महिना भित्रै नागरिकता दिने सहित सुकुम्बासीलाई आधुनिक पक्की घर निर्माण गरेर दिने लोभ लाग्दो भोटका लागि लोभ लाग्दो अफर दिएका छन ।
उनले भने आउंदो निर्वाचनबाट आफ्नो नेतृत्वको सरकार भए देशमा सुकुम्बासीको नामको शब्द नै रहने छैन । सबै सुकुम्बासी नागरिकलाई जग्गा व्यवस्था मात्र होइन आधुनिक पक्की घर निर्माण गरेर दिनेछौ ।
अध्यक्ष ओलीले आफू प्रधानमन्त्री रहेको बेला ११ लाख सुकुम्बासी नागरिकलाई व्यवस्थापन गर्न डाटा संकलन गरी कार्य अघि बढाउनै खोज्दासत्ता गठबन्धनमा रहेका दलहरु आतिएर आफ्नो पार्टी फुटाई, आफूलाई सरकारबाट हटाएर परमादेशी सरकारमार्फत सो योजना विफल बनायो ।
तर अहिलेपनि बेर भएको छैन पछिल्लो पटक आफूले सुकुम्बासीका लागि काम गर्न नसकेपनि आउंदो चुनावबाट एमालेको सरकार बने देशमा सुकुम्बासीको नामै रहने छैन । सबै सुकुम्बासीलाई जग्गा व्यवस्थापन मात्र होइन आधुनिक पक्की घर नै निर्माण गरेर दिनेछौ ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !