जनकपुरधाम, असोज ८ गते । शनिवार नेकपा एमालेका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पनि जयनगर — जनकपुरधाम (कुर्था) रेलको सवारीको गरेका छन ।
पुर्व प्रधानमन्त्री ओली नेतृत्व सरकारको पालामा सो रेल भारतबाट किनिएको थियो । रेल किन्न त किने ओली सरकारले तर उद्घाटन त के चढन पनि पाएको थिएन । बल्ल शनिवार धनुषाको तिनकोरिया बजारमा आयोजित पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन जाँदा रेल चढने चाहना ओलीको पुरा भएको हो ।
जनकपुरधाम विमान स्थलबाट कार्यक्रम स्थल तिनकौरिया चोक जान उनी चार पांग्रे सवारीमा नगई काठमाडौबाटै रेल चढने इच्छा आफ्ना नेता कार्यकर्ताहरुलाई जाहेर गरेका थिए भन्ने कुरा एमालेका एक नेताले लोकपुकार सँग कुरा गर्दै बताए ।
उनले भने अध्यक्षज्यूले जनकपुरधाम आउने बेलामै यसपाली जनकपुरधाम जाँदा आफूले ल्याएको रेल कस्तो रहेछ भने एक पटक हेरौन भनी इच्छा जाहेर गरेका थिए । उनको इच्छा पुरा गर्न काठमाडौबाट रेलवे विभागबाट व्यवस्था मिलाइएको थियो । तर हामीले निशुल्क होइन सशुल्क भाडा तिरेर यात्रा गर्न गइरहेका छौं ।
शनिवार नेपाली रेलको पहिलो पटक यात्रा गरेका अध्यक्ष ओलीले लोसपाका प्रमुख सचेतक उमाशंकर अरगरियालाई पार्टी प्रवेश गराउन बहानामा पुरा गर्दा निकै खुशी देखिएका थिए । उनले रेल चढदै संचारकर्मीहरुसँग कुरा गर्दै भने आफूले ल्याएको रेल चढन पाउने अवसर पाउंदा निकै खुशी छु ।
उनले भने, ‘आज हाम्रो नेतृत्वको सरकारले नै ल्याएको ट्रेनमा बसेर आरामदायी यात्रा गर्न सकिरहेका छौं । खुसी नलाग्ने कुरै भएन । यो अत्यन्तै खुसीको कुरा हो । यो हाम्रै पालामा ल्याएको रेल भएको कारण अझ खुसी छु ।’
यात्राको क्रममा झ्याल नजिकै बसेर अध्यक्ष ओली गाउँघरका दृश्य नियाल्दै पार्टीका नेताहरु रघुवीर महासेठ, जुली महतो र प्रभु साहसँग गफ गर्दै महिनाथपुर स्टेशनमा टाइम पास गरेका थिए । जनकपुरधाम देखि महिनाथपुरसम्मको यात्राको क्रममा पर्ने गाउँहैका वस्तुस्थिति बारे जानकारी लिंदै अध्यक्ष ओली अब यो यो ठाउँमा विकास गर्नुपर्छ पार्टी नेताहरुलाई सुझाव दिएका थिए ।
उनले अर्को प्रसंगमा कुरा गर्दै भने एमाले नेतृत्वको सरकारकै पालामा विकासको काममा देश द्रुत गतिमा अगाडि बढेको दाबी समेत गरे । उनले एमाले नेतृत्वको सरकारमा ‘हामीले हुलाकी राजमार्ग बनायौं, कोसी मरिन डाइभर्सन बनायौं,’ जसले गर्दा अहिले १ लाख ८५ हजार मधेसको जमिन सिंचाई सदुपयोग भइरहेको छ ।
अध्यक्ष ओलीले सघन सहरी विकास कार्यक्रम, जनकपुर ढल विकास आयोजना लगायतका थुप्रै कार्यक्रमहरु ल्याएर विकासमा अनेक हिसाबले सफलता साथ अगाडि एमाले बढेको बताए ।
अध्यक्ष ओली संगै सचिव रघुवीर महासेठ, प्रभु साह र जुली महतो लगायत एमालेका सयौ नेता कार्यकर्ता रेल यात्रा गरेका छन । एमालेका नेता कार्यकर्ताहरूले एसी बगीको ५६ र जेनरल बगीको ८६ वटा गरी कुल १४२ वटा टिकट काटेका थिए ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !