जनकपुरधाम, असोज ५ गते । पुर्व राष्ट्रपति डा. रामवरण यादवले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेर संविधान उल्लंघन गरेको आरोप लगाएका छन ।
बुधवार जनकपुरधाम स्थित सरस्वती नमुना माध्यमिक विद्यालयको भवन निर्माणको शिलान्यास गर्दै पूर्वराष्ट्रपति डा. यादवले भने संसदबाट दोश्रो पटक पारित भएका विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्नैपर्ने संवैधानिक व्यवस्था रहेको छ, तर त्यसको पालना गर्नु भनेको संविधानको उल्लंघन गर्ने क्रियाकलाप हो ।
राष्ट्रपतिको यो कदम असंवैधानिक मात्र नभई देशका सर्वोच्च गरिमामय संस्थाको गरिमा भंग भएको आरोप लगाउंदै उनले भने राष्ट्रपतिले दोस्रो पटक पठाइएको नागरिकता प्रमाणीकरण नगरेर संसदको मात्र नभई राष्ट्रपति कार्यालय जस्तो संस्थाको गरिमा समेत उल्लंघन गरेको देखिएको छ ।
पुर्व राष्ट्रपति डा. यादवले पांच दलिय सत्ता गठबन्धन, नागरिक समाज र संचार जगतको संघर्षबाट तयार पारिएको नागरिकता विधेयक सदनबाट निर्माण गरेर पठाइएपनि त्यसको प्रमाणीकरण दोस्रो पटक पनि नगरेर संविधान माथी नै प्रहार भएकोले यसको अस्तित्व बचाउन पूर्व राष्ट्रपति यादवले आग्रह समेत गरे ।
नागरिकता विधेयक पारित नगर्नु राष्ट्रपतिको यो कदमले देश फेरी प्रतिगमन तर्फ जान सक्ने भन्दै पूर्व राष्ट्रपति यादवले सम्पूर्ण नेपाली जनतालाई सचेत हुन आग्रह गर्दै उनले संविधानलाई कसरी जोगाउने भन्ने जिम्मेवारी जनताकै काँधमा गएको भने । पूर्व राष्ट्रपति यादवले भने विभिन्न विकल्प हुँदा हुँदै त्यो बाटो नरोजेर राष्ट्रपतिबाट असंवैधानिक कदम चाल्नु यो सामान्य घटना नभई लोकतन्त्रका लागि अनिष्टकारी रहेको भन्दै उनको यो कदमले संविधानमाथि फेरी कालो बादल लागेको भनी चिन्ता व्यक्त गरे ।
उनले भने ‘राष्ट्रपतिले विभिन्न मुलुकका अभ्यास हेर्नु सकिन्थ्यो, कानुनविद् तथा संविधानविद्हरुसंग छलफल गरेर अगाडीको कदम उठाउन चाल्नु पथ्र्यो । यसका अतिरिक्त अन्य धेरै विकल्पहरु हुँदा हुँदै त्यसो नगरी मौन बसेर खारेज गराउनु भनेको लोकतन्त्रका लागि खतराको संकेत हो ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !