जनकपुरधाम, असोज ५ गते । नेपाल राष्ट्र बैंकबाट ग वर्गको इजाजतपत्र प्राप्त समृद्धि फाइनान्स बैंकको आठौं शाखा जनकपुरधाममा सञ्चालनमा आएको छ ।
बुधवार एक कार्यक्रमका बीच भौतिक पुर्वाधार विकास मन्त्री रामसरोज यादवले सो बैंक जनकपुरधाम शाखाका उद्घाटन गरेका हुन । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि मन्त्री यादवले बैंकहरु अहिले तरलता अवस्थामा जानुको प्रमुख कारण चुनावको कारणले पैसा नेताहरुको गोजीमा थन्किन गएको आरोप लगाए ।
उनले भने बैंकहरुले तरलता अवस्थामा गएको कारण मधेश मात्र होइन देशैभरिका उद्योग व्यवसाय टाट पल्टिने अवस्थामा गएको कारण मुलुक ठूलो आर्थिक संकटमा फैस्दै गएकाले संघीय सरकारले यसप्रति ध्यान दिनुपर्ने भने ।

सो बैंकका संचालक समिति अध्यक्ष ठाकुरप्रसाद भटराईको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साह, उपमेयर किशोरी साह, जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठ, नेपाल राष्ट्र बैंककी नीरा ताल्चाभडेल लगायत विभिन्न बैंकिग क्षेत्रका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष भट्टराईले अहिले बैंकिंग क्षेत्र तरलता अवस्थामा भएपनि यस क्षेत्रका उद्योगी व्यवसाय फस्टाउन सकेसम्म ऋण प्रदानको व्यवस्था मिलाउने प्रयास गर्ने बताए ।
आजैबाट समृद्धि फाईनान्सको ८ वटै शाखा कार्यालयहरु बाट औपचारीक रुपमा कारोबार संचालन भएको जानकारी फाइनान्सका प्रमुख व्यवसाय प्रबद्र्यन अधिकृत सुरज कुमार सर्राफले जानकारी दिए । सो कार्यक्रममा स्वागत मनत्वय प्रमुख कार्यकारी अधिकृत श्री टिकानिधि लोहनीले राखेका थिए ।

छिटो, सरल र सहज तरिकाले विभिन्न बैंकिङ सेवासुविधाहरु प््रादान गर्दै आईरहेको समृद्धि फाइनान्सले मुद्घति निक्षेपको योजना अन्तरगत ६६ महिनामा पैसा दोब्बर हुने निक्षेप योजना सार्वजनिक गरेको छ । यसका साथ साथै फाइनान्सले ८ वर्ष ८ महिनामा पैसा तेब्बर, १२ वर्ष ८ महिनामा पैसा पाँच गुणा र १६ वर्ष ५ महिनामा पैसा आठ गुणा हुने सहितका निक्षेप योजना बैंकले ल्याएको शाखा प्रबन्धक अमर चौधरीले जानकारी दिएका छन ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !