जनकपुरधाम, भदौ ३१ गते । महोत्तरी जिल्लाको मुख्य बजार मटिहानीमा मटिहानी नगरपालिकाद्वारा निर्माण गरिएको प्रवेशद्वारा उद्घाटन गरिएको छ ।
नगरपालिकाका मेयर हरि प्रसाद मडलले सो प्रवेशद्वारको एक समारोहका बीच समुद्घाटन गरेका हुन । मटिहानी बजार यस क्षेत्रकै पुरानो बजार रहेकोले त्यहाँको गरिमा र सुन्दरतालाई अगाडी वढाउन पालिकाले गरीब २८ लाखको लागतमा सो प्रवेश द्वार (गेट) निर्माण गरिएको कुरा जनाइएको छ ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मेयर मण्डलले भने बजारको ऐतिहासिक गरिमा बढाउन यो गेट महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ । उनले भने यो गेटले धार्मिक नगर मटिहानीको छुट्टै पहिचान कायम गर्ने भएकाले यसको संरक्षण र सम्वद्र्धनको जिम्मेवारी यहाँकै जनताको रहेको छ ।
वड़ा अध्यक्ष रितेश साहको सभापतित्वमा सम्पन्न कार्यक्रममा वड़ा अध्यक्षज्यूहरु कलीम अंसारी, रयुफ शेष, कार्यपालिका सदस्य अरुण नाहर, नागेन्द्र लाल कर्ण, नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य विजय कुमार साह, महोत्तरी उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष मोहन गुप्ता लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !