जनकपुरधाम, भदौ २८ गते । उच्च शिक्षामा बालिकाहरुको पहुँच पुरयाउन महोत्तरी जिल्लाको मटिहानी नगरपालिकाकाले छात्राहरुलाई साइकल वितरण गरेको छ ।
हरेक वर्ष झै नगरपालिकाले यसवर्ष पनि स्थानीय राम माध्यमिक बिद्यालयको कक्षा ११ मा अध्ययनरत छात्राहरुलाई मेयर हरिप्रसाद मण्डलले एक समारोहका बीच ५३ जनालाई साइकल वितरण गरेका हुन ।
साइकल वितरण समारोह कार्यक्रमलाई सम्बोधन गर्दै मेयर मण्डलले भने शिक्षा समाज विकासको मेरुदण्ड रहेकोले बालिकाहरुको पनि उच्च शिक्षामा पहुँच पुरयाउन र विद्यालय आवत जावतमा सहयोग पुग्ने उद्देश्यले प्रोत्साहन स्वरुप नगरपालिकाले छात्राहरुलाई साइकल वितरण गरिएको हो ।
विद्यालयका प्र.अ. अजय पाण्डेयको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वड़ा अध्यक्षज्यूहरु जीतनारायण माझी, कलीम अंसारी, रितेश साह, नाजिर राईन, मटिहानी नगरपालिकाका योजना अधिकृत नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य विजय कुमार साह लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
त्यसैगरी पुर्व गाविस अध्यक्ष राम कुमार मण्डल, कार्यपालिका सदस्य नागेन्द्र लाल कर्ण, अरुण नाहर, महोत्तरी उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष मोहन गुप्ता, वर्तमान उपाध्यक्ष अजय चौधरी, पूर्व वड़ा अध्यक्ष गणेश प्रसाद साह, रामबाबू नायक, शिक्षा संयोजक चन्देश्वर साह, सूचना अधिकारी रमेश कोइराला, पूर्व कर्मचारी बरुण मण्डल, रामजी मण्डल, श्रीश मिश्र पनि उपस्थिति रहेका थिए ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !