जनकपुरधाम, भदौ २७ गते । महोत्तरी स्थित मटिहानी नगरपालिकाकाले स्थानीय झिझा खोलामा पुल निर्माण गर्न लागेका छन ।
नगरपालिकाद्वारा ३५ लाख रुपैयाको आर्थिक सहयोगमा निर्माण हुने आठ मिटर लामो र ५ मीटर चौडा सो पुलको नगरपालिकाका मेयर हरिप्रसाद मण्डलले एक कार्यक्रमका बीच शिलान्यास गरेका छन ।
शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै मेयर मण्डलले भने यो पुल निर्माण भएपछि स्थानीयलाई आवात जावतमा सहयोग मात्रै पुरयाउंदैन कि कृषि क्षेत्रमा समेत ठूलो सहयोग गर्नेछ ।
सो खोलामा पुल नहुँदा बर्षो देखी स्थानीयहरुलाई कृषि सामाग्री ढुवानीमा आवत–जावतमा समस्या हुँदै आएको थियो । तर पुल निर्माण भएपछि अब सहज हुनेछ ।
कार्यक्रममा वड़ा अध्यक्षज्यूहरु कलीम अंसारी, रितेश साह, नाजिर राईनज्यू, मटिहानी नगरपालिकाका अधिकृत श्री राजेश कुमार शर्मा, कार्यपालिका सदस्य अरुण नाहर, लोसपाका श्याम कुमार मण्डल, नागेश्वर गुप्ता, जुगेश्वर मण्डल लगायतका सहभागिता रहेका थिए ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !