जनकपुरधाम, भदौ २५ गते । केही समय यतादेखि जनकपुरधाममा मोटरसाइकल चोरीको घटना बढन थालेको छ ।
शनिवार दिउंसो करीब ३ बजे दिनदहाडै जनकपुरधाम वडा नम्बर ४ कटैया चौरीबाट एक युवकको मोटरसाइकल चोरी भएको हो ।
प्राप्त जानकारी अनुसार स्थानीय महेश ठाकुरले घर अगाडि ताल्चा लक गरेर पार्किंग गरी राखेको ज ६ प ९६४ नम्बरको पहेलो रंगको अपाचे मोटरसाइकल दिउंसो चोरी भएको छ ।
बजारबाट घुमेर उनले घर अगाडि मोटरसाइकल लगाएर केही बेरका लागि घरमा गएका थिए । घरबाट बाहिर आउंदा उनको मोटरसाइकल चोरी भइसकेको थियो । ठाकुरले मोटरसाइकल चोरीको जानकारी जिल्ला प्रहरी कार्यालयमा समेत गराएका छन ।
प्रहरी सक्रिय नरहेको कारण गत केही दिनदेखि जनकपुरधाममा मोटरसाइकल चोरीको व्यापक रुपमा बढन थालेको छ । प्रहरीको निस्क्रियताकै कारण मोटरसाइकल चोरको सक्रियता बढन थालेको आरोप लाग्दै आएको छ ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !