जनकपुरधाम, भदौ २४ गते । व्याहुत सेवा समिति (कलवार कुट्टी) को नयाँ नेतृत्वकाे चयन भएकाे छ ।
शनिवार हुन लागेको चुनावमा सामाजिक हितको क्षेत्रमा काम गर्दै आईरहेको समितिको नेतृत्व पाउनका लागि शंकर साह र श्याम साह चुनावी प्रतिस्पर्धामा उतरेका छन ।
समितिको निर्वाचनबाट अध्यक्ष सहित उपाध्यक्ष, सचिव, कोषाध्यक्ष र चार सदस्य चयन गरिनेछ । यस अघि अध्यक्ष पदमा शंकर साह, श्याम साह र रघुनाथ प्रसाद साह गरी ३ जनाले उम्मेदवारी दर्ता गराएका थिए ।
यद्यपि रघुनाथ प्रसाद साहले शंकर साहलाई समर्थन जनाएपछि दुई उम्मेदवार मात्रै चुनावी प्रतिस्पर्धामा बाँकी रहेका छन् । शनिबार हुने मतदानबाट यी दुई मध्ये कुनै एक उम्मेदवारलाई समितिको अध्यक्षको रुपमा निर्वाचित गराउने छन् ।
शंकर यसअघि व्याहुत सेवा समितिको कोषाध्यक्ष भएर काम गरि सकेका छन् । यसका साथै उनी डेली एक्सप्रेस पत्रिकाका प्रकाशक, प्रकाशक महासंघ नेपालका अध्यक्ष र माला कलर प्रिन्टिंग प्रेसका संस्थापक हुन् ।
यता अर्का उम्मेदवार श्याम साह समेत विभिन्न सामाजिक संघ संस्थामा आवद्ध रहँदै आएका छन् ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !