जनकपुरधाम, भदौ २३ गते । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गठबन्धनभित्र कांग्रेसले एकल बहुमत नल्याए विद्रोह हुने चेतावनी दिएका छन ।
बिहीबार जनकपुरधाममा नेपाल प्रेस युनियनद्वारा १०९ औं विपी जयन्तीको अवसरमा आयोजित विपी विचार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र अबका चुनौति विषयक विचार गोष्ठीमा बोल्दै नेता कोइरालाले नेता कोइरालाले यस्तो चेतावनी दिएका हुन ।
उनले भने गठबन्धनभित्र रहेका नेकपा एस, माओवादी, जसपा र जनमोर्चासँग निती, विचार र सिद्धान्त नमिलेपनि हामीले अहिले चुनावी गठबन्धन कांग्रेसको एकल बहुमत ल्याउन गरेका हौं । तर त्यसो नभए पार्टी भित्र विद्रोह गर्नेछौं ।
नेता कोइरालाले पछिल्लो स्थानीय तहको निर्वाचनमा हामीहरुले पालिकालाई जिम्मा दिइयो तर अब आउने प्रतिनिधि र प्रदेश सभाको निर्वाचनमा विचार र सिद्धान्त नमिलेपनि हामीले कांग्रेसको एकल बहुमत ल्याउन गठबन्धन गरेको हौं हामीले बुझेका छौं ।
उनले गठबन्धन पवित्र वा अपवित्र जे भएपनि भोलीको दिन के हुन्छ त्यो मलाई थाहा छैन । तर आगामी निर्वाचनमा प्रतिनिधि सभातर्फ नेपाली कांग्रेसले प्रत्यक्षतर्फ १०० सिट पाउनुपर्ने हो, गठबन्धनका कारण समानुपातिक सिटमा पनि कमी हुन सक्ने सम्भावना छ, यदि त्यसो भयो भने हामी विद्रोहमा उत्रिनेछौं ।
नेता कोइरालाले हामी हिजोका दिनमा विचार र सिद्धान्त नमिलेपनि संसद विघटन गर्न खोज्ने प्रयास गरेका एमालेलाई परास्त गरेर आफ्नो सरकार बनाउनका लागि गरियौं । अहिले कांग्रेसको एकल बहुमतमा सरकार बनाउन चुनावी गठबन्धन गरेका छौं, जुन कुनैपनि हालतमा पुरा हुनुपर्छ यदि भएन भने पार्टी नेतृत्व वर्ग विरुद्ध हामी लाग्नेछौं चेतावनी समेत दिए ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !